नेभिगेशन
सबै कुरा

‘एनसेल बिक्री प्रकरणः विश्लेषणपछि सरकार निष्कर्षमा पुग्छ’

काठमाडाैँ : अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताएका छन् । आज नवलपरासीको नवलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा  अर्थमन्त्री महतले एनसेल बिक्री प्रकरणकामा सम्बन्धित निकायबाट जानकारी लिने काम भइरहेको र त्यसको आधारमा सरकार निष्कर्षमा पुग्ने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण र राजस्वका सम्बन्धमा राजस्व अनुसन्धान एवं कर कार्यालयका पदाधिकारीसँग  छलफल जारी रहेको भन्दै मन्त्री महतले त्यसपछि सरकार निष्कर्षमा पुग्ने बताएका हुन् । “किनबेच गर्ने निकायले, नियमन गर्ने निकायसँग त्यसको अनुमति लिएर किनबेच गर्नुपर्ने व्यवस्था छ । त्यसको बाबजुद बाहिरनै किनबेच भयो भन्ने कुरा आएको छ । यसको गहिराइमा हामी पुग्छाँै, हाम्रो कानुनी व्यवस्था जे छ, कानुनी व्यवस्थाको आधारमा यसको गहिराइमा गएर विश्लेषण गरी सरकार निष्कर्षमा पुग्नेछ” अर्थमन्त्रीले भने । किनबेच हुने कुरा कुनै अनौठो विषय नभएको तर विधिपूर्वक कानुनी व्यवस्था अनुसार भयो कि भएन भन्ने कुरा प्रमुख रहेको उनले बताए ।

Ncell
Extreme Energy

 “कानुनी व्यवस्थाअनुसार किनेबेच भयो भएन भन्ने हो, कुनै कारणले रकम कम देखाएको त छैन, त्यसको यथार्थ मूल्यभन्दा के कारणले तल भयो त्यसको छानबिन हुनुपर्छ,” अर्थमन्त्री डा महतले भने “तर किनबेच हुँदैमा लगानी कर्ता आउन खोजेनन्, हाम्रो अर्थनीति ठीक भएन भन्ने होइन ।” अर्थमन्त्री डा महतले अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताए। उद्यमीका समस्या सम्बोधन गर्न राष्ट्रबैंकमार्फत गृहकार्य भइरहेको उनले बताए । बैङ्कसँग ऋण लिएपछि जसरी पनि तिर्नुपर्नेमा उनले जोड दिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।