नेभिगेशन
सबै कुरा
सोती घटना

नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा २३ जनालाई जन्मकैदको फैसला

६ जनाको हत्या भएको रुकुमपश्चिमको सोती घटनामा जिल्ला अदालतले फैसला सुनाएको छ । अदालतले हाल थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला गरेको हो । यस्तै अदालतले ८ जनालाई भने सफाई दिएको छ । 

२०७७ जेठमा चौरजहारी नगरपालिका–८ सोतीगाउँमा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । कर्तव्य ज्यान र जातीय छुवाछूतसम्बन्धी मुद्दामाथिको जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाई भएको थियो । 

CG

नवराजका बाबु मुनलाल नेपालीको जाहेरीका आधारमा सो घटनामा तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलाइएको थियो । उनीहरुमध्ये ११ जना साधारण तारेखमा छुटेका थिए भने २३ जनालाई पूर्पक्षका लागि थुनामा पठाइएको थियो । 

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक बिहे गर्न आफ्ना साथीहरु लिएर पारिपट्टिको गाउँ अर्थात रुकुम पश्चिमको सोतीगाउँ पुगेका पुगेका थिए । तर सोतीका स्थानीयले आक्रमण गरेका थिए । सो क्रममा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । विकसहित सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको हत्या भएको थियो । उनीहरुको शव भेरी नदिमा भेटिएको थियो । उक्त घटनामा अन्य १२ जना घाइते भएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।