नेभिगेशन
सबै कुरा
सोती घटना

नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा २३ जनालाई जन्मकैदको फैसला

६ जनाको हत्या भएको रुकुमपश्चिमको सोती घटनामा जिल्ला अदालतले फैसला सुनाएको छ । अदालतले हाल थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला गरेको हो । यस्तै अदालतले ८ जनालाई भने सफाई दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०७७ जेठमा चौरजहारी नगरपालिका–८ सोतीगाउँमा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । कर्तव्य ज्यान र जातीय छुवाछूतसम्बन्धी मुद्दामाथिको जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाई भएको थियो । 

Ncell
Extreme Energy

नवराजका बाबु मुनलाल नेपालीको जाहेरीका आधारमा सो घटनामा तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलाइएको थियो । उनीहरुमध्ये ११ जना साधारण तारेखमा छुटेका थिए भने २३ जनालाई पूर्पक्षका लागि थुनामा पठाइएको थियो । 

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक बिहे गर्न आफ्ना साथीहरु लिएर पारिपट्टिको गाउँ अर्थात रुकुम पश्चिमको सोतीगाउँ पुगेका पुगेका थिए । तर सोतीका स्थानीयले आक्रमण गरेका थिए । सो क्रममा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । विकसहित सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको हत्या भएको थियो । उनीहरुको शव भेरी नदिमा भेटिएको थियो । उक्त घटनामा अन्य १२ जना घाइते भएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...