नेभिगेशन
समाज

मुलुकको अर्थतन्त्र सहिदिशातर्फ अघि बढिरहेको छः अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको अर्थतन्त्र सहिदिशातर्फ अघि बढिरहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार गोरखापत्रले आयोजना गरेको अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद कार्यक्रममा अर्थमन्त्री खनालले पछिल्लो तीन महिनाको आर्थिक सूचकहरु हेर्दा मुलुकको अर्थतन्त्र सहिदिशातर्फ अघि बढिरहेको देखिएको बताएका हुन ।

Ncell
Extreme Energy

उनले नेपालको अर्थतन्त्र चलायमान हुदै गएकाले लगानीको वातावरण बनिरहेको धारणा व्यक्त गरेका थिए । जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको बताए ।

वर्तमान अन्तरिम सरकारले छोटो अवधिमा पनि सुधार गर्दै लगानीको वातावरण तयार गरेको भनेर बाह्य लगानीकर्ताले समेत प्रशंसा गरिरहेको उनको भनाइ छ ।

उनले तरलता व्यवस्थापन र लगानीको वातावरण तयारका लागि सरकारले येजनाबद्ध काम गरिरहेको जानकारी दिए । त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले उच्च मनोवलका साथ काम गर्न निजि क्षेत्रलाई आह्वान गरे ।

निष्पक्ष रूपमा हुने आगामी निर्वाचनले स्थायित्व कायम गर्ने र अर्थतन्त्र थप बलियो हुने उनको भनाइ छ । पौडेलले १० अर्व डलर बैदेशिक ऋण रहेपनि त्यसका कारण अप्ठेरोमा पर्ने अवस्था नरहेको जिकिर गरे ।

उनले अर्थतन्त्रको बिषयमा अनावश्यक हल्ला फैलाउनेप्रति सजक रहन आग्रह गर्दै पूँजी परिचालन गर्न देश बलियो अवसथामा रहेको स्पष्ट पारे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।