नेभिगेशन
मुख्य समाचार

मुलुकको अर्थतन्त्र सहिदिशातर्फ अघि बढिरहेको छः अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको अर्थतन्त्र सहिदिशातर्फ अघि बढिरहेको बताएका छन् ।

बिहीबार गोरखापत्रले आयोजना गरेको अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद कार्यक्रममा अर्थमन्त्री खनालले पछिल्लो तीन महिनाको आर्थिक सूचकहरु हेर्दा मुलुकको अर्थतन्त्र सहिदिशातर्फ अघि बढिरहेको देखिएको बताएका हुन ।

CG

उनले नेपालको अर्थतन्त्र चलायमान हुदै गएकाले लगानीको वातावरण बनिरहेको धारणा व्यक्त गरेका थिए । जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको बताए ।

वर्तमान अन्तरिम सरकारले छोटो अवधिमा पनि सुधार गर्दै लगानीको वातावरण तयार गरेको भनेर बाह्य लगानीकर्ताले समेत प्रशंसा गरिरहेको उनको भनाइ छ ।

उनले तरलता व्यवस्थापन र लगानीको वातावरण तयारका लागि सरकारले येजनाबद्ध काम गरिरहेको जानकारी दिए । त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले उच्च मनोवलका साथ काम गर्न निजि क्षेत्रलाई आह्वान गरे ।

निष्पक्ष रूपमा हुने आगामी निर्वाचनले स्थायित्व कायम गर्ने र अर्थतन्त्र थप बलियो हुने उनको भनाइ छ । पौडेलले १० अर्व डलर बैदेशिक ऋण रहेपनि त्यसका कारण अप्ठेरोमा पर्ने अवस्था नरहेको जिकिर गरे ।

उनले अर्थतन्त्रको बिषयमा अनावश्यक हल्ला फैलाउनेप्रति सजक रहन आग्रह गर्दै पूँजी परिचालन गर्न देश बलियो अवसथामा रहेको स्पष्ट पारे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तेस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएपछि ओली(तस्बिरहरु)

तेस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएपछि ओली(तस्बिरहरु)

उनका प्रतिष्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।
यस्तो बन्यो एमालेको पदाधिकारी टीम

यस्तो बन्यो एमालेको पदाधिकारी टीम

केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका छन् । उनी प्रतिष्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । अ‍ेलीले १६ सय ६३ मत...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

अ‍ेलीले १६ सय ६३ मत प्राप्त गर्दा पोखरेलले भने ५ सय ६४ मत प्राप्त गरेका छन् ।