नेभिगेशन
मुख्य समाचार

रवि लामिछाने र छबि जोशीको मुद्दामा सुनुवाई जारी

काठमाडौँ । लामो समयदेखि विविध कारणले सुनुवाई हुन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छबिलाल जोशीको मुद्दामा आज सुनुवाई भईरहेको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा उनीहरुको मुद्दाको सुनुवाई भईरहेको हो । 

लामिछाने र जोशी दुबैजनाले बिगो बमोजिमको रकम बुझाइ थुना बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । बुटवलको सुप्रिम सहकारीको रकम अनियमितता प्रकरणमा रविसहितका प्रतिवादीलाई रु १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको थियो । 

CG

आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बिगो बराबरको रु दुई करोड ७४ लाख ८४ हजारको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तेस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएपछि ओली(तस्बिरहरु)

तेस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएपछि ओली(तस्बिरहरु)

उनका प्रतिष्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।
यस्तो बन्यो एमालेको पदाधिकारी टीम

यस्तो बन्यो एमालेको पदाधिकारी टीम

केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका छन् । उनी प्रतिष्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । अ‍ेलीले १६ सय ६३ मत...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

अ‍ेलीले १६ सय ६३ मत प्राप्त गर्दा पोखरेलले भने ५ सय ६४ मत प्राप्त गरेका छन् ।