नेभिगेशन
समाज

निर्वाचनलाई सफल बनाउन गम्भीर भएर सरकार लागि रहेको छः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनलाई सफल बनाउन गम्भीर भएर सरकारले काम गरिरहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार गोरखापत्र संस्थान आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले निर्वाचनका लागि सुरक्षादेखि राजनीतिक दल, युवा लगाएत सवैसंग छलफल गरिरहेको भन्दै निर्वाचनलाई सफल बनाउन गम्भीर भएर सरकारले काम गरिरहेको बताएका हुन । उनले निर्वाचनलाई उत्सवका रुपमा नभइ महोत्सवका रुपमा सम्पन्न गर्न सवैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।

Ncell
Extreme Energy

मन्त्री खरेलले निर्वाचनका साथै भ्रष्टाचार नियन्त्रण र सुशासनमा समेत सरकारले विशेष ध्यान दिएको बताए ।पछिल्लो तीन महिनामा ३० वटा बढी भ्रष्टाचारका मुद्दा दर्ता भएको भन्दै उनले विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य भएको जिकिर गरे । मन्त्री खरेलले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्न सरकारले कुनै हस्तक्षेप नगरेको स्पष्ट पारेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

यातायात सेवा कार्यालयहरुमा सवारी लाइसेन्सकालागि गरिने स्वास्थ्य परीक्षणमा बेथिति देखिएको छ । सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालयहरूले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था, चिकित्सकहरुसँग सम्झौता गरेर सेवाग्राहीको स्वास्थ्य...
कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव बढेर २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ।
नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री  र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको...
पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।