नेभिगेशन
समाज

बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थीत बनाउन स्पेशल टाक्स फोर्स बनाइनेः मन्त्री भण्डारी

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थीत बनाउन स्पेशल टाक्स फोर्स बनाएर काम गर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२५ औं अन्तराष्ट्रिय आप्रवासन दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले बैदेशिक रोजगारका क्षेत्रमा धेरै गुनासो आउने गरेको भन्दै यसलाई व्यवस्थीत बनाउन स्पेशल टाक्स फोर्स बनाएर काम गर्ने बताएका हुन ।

Ncell
Extreme Energy

मन्त्रालयमातहत रहने टाक्स फोर्समा सिआइबी, अपराध महाशाखालगाएतलाई सहभागी गराएर काम गर्ने उनले बताए । उनले बैदेशिक रोजगार क्षेत्रमा देखिएका बिकृति अन्त्य गर्न व्यवसायीहरु नै अग्रसर हुनुपर्नेमा जोड दिए । जेनजी आन्दोलनपछि अव सुशासनका क्षेत्रमा सुधार गर्न नसके अर्को ठूलो बिष्फोट हुनसक्नेतर्फ सवै सजक हुनुपर्ने उनको भनाइ छ ।

मन्त्री भण्डारीले बैदेशिक रोजगारका क्षेत्रले मुलुकको अर्थतन्त्रमा धेरै सहयोग गरेको भन्दै यस क्षेत्रलाई सुधार गर्नुको बिकल्प नभएको धारणा व्यक्त गरे । संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर  १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइने गरिन्छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओइमेद्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदनअनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । नेपालमा कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

यातायात सेवा कार्यालयहरुमा सवारी लाइसेन्सकालागि गरिने स्वास्थ्य परीक्षणमा बेथिति देखिएको छ । सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालयहरूले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था, चिकित्सकहरुसँग सम्झौता गरेर सेवाग्राहीको स्वास्थ्य...
कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव बढेर २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ।
नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री  र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको...
पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।