नेभिगेशन
मुख्य समाचार

बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थीत बनाउन स्पेशल टाक्स फोर्स बनाइनेः मन्त्री भण्डारी

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थीत बनाउन स्पेशल टाक्स फोर्स बनाएर काम गर्ने बताएका छन् ।

२५ औं अन्तराष्ट्रिय आप्रवासन दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले बैदेशिक रोजगारका क्षेत्रमा धेरै गुनासो आउने गरेको भन्दै यसलाई व्यवस्थीत बनाउन स्पेशल टाक्स फोर्स बनाएर काम गर्ने बताएका हुन ।

CG

मन्त्रालयमातहत रहने टाक्स फोर्समा सिआइबी, अपराध महाशाखालगाएतलाई सहभागी गराएर काम गर्ने उनले बताए । उनले बैदेशिक रोजगार क्षेत्रमा देखिएका बिकृति अन्त्य गर्न व्यवसायीहरु नै अग्रसर हुनुपर्नेमा जोड दिए । जेनजी आन्दोलनपछि अव सुशासनका क्षेत्रमा सुधार गर्न नसके अर्को ठूलो बिष्फोट हुनसक्नेतर्फ सवै सजक हुनुपर्ने उनको भनाइ छ ।

मन्त्री भण्डारीले बैदेशिक रोजगारका क्षेत्रले मुलुकको अर्थतन्त्रमा धेरै सहयोग गरेको भन्दै यस क्षेत्रलाई सुधार गर्नुको बिकल्प नभएको धारणा व्यक्त गरे । संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर  १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइने गरिन्छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओइमेद्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदनअनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । नेपालमा कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष...
रवि छुट्ने भएपछि स्वर्णिम वाग्लेले भने,‘प्रिय रविजी, हाम्रो अभियानलाई अर्को नयाँ उचाइमा पुर्याउनु छ’

रवि छुट्ने भएपछि स्वर्णिम वाग्लेले भने,‘प्रिय रविजी, हाम्रो अभियानलाई अर्को नयाँ उचाइमा पुर्याउनु छ’

अदालतको आदेश आए लगत्तै सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै उपसभापति डा.वाग्लेले सुखद समाचार सुनेको क्षणमा आफू तनहुँ, लमजुङ र कास्कीको सिमानामा रहेको भन्दै अब अभियानलाई नयाँ उचाइमा पुर्याउनु ...
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय

जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । त्यस्तै बैठकले प्रतिनिधिसभा...
रास्वपाद्वारा समन्वय कार्यदल गठन

रास्वपाद्वारा समन्वय कार्यदल गठन

पार्टीको सचिवालय बैठकले सो कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त कार्यदलको संयोजकमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ तथा सदस्यमा बोधनारायण श्रेष्ठ र रञ्जु...