नेभिगेशन
मुख्य समाचार

एमाले नेताहरु भन्छन्, ‘आन्तरिक प्रतिष्पर्धाले पार्टीभित्र कुनै असर नपर्ने’

काठमाडौँ । नेकपा एमालेका नेताहरुले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने बताएका छन् । पार्टीको ११ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन भएपनि उनीहरुले आन्तरिक प्रतिष्पर्धाले पार्टीभित्र कुनै असर नपर्ने भन्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाइने बताएका हुन् ।

एमालेका नवनिर्वाचित उपाध्यक्ष बिष्णु पौडेलले पार्टीमा लोकतान्त्रिक अभ्यास हुनु स्वभाविक भएको भन्दै यसले पार्टीका कुनै बिभाजन नल्याउने बताए । उनले महाधिवेशनपछि पार्टी अझै सशक्त र एकताबद्ध भएर राष्ट्रका समस्या समाधान गर्न अघि बढ्ने बताए ।

CG

पौडेलले केन्द्रीय कमिटी समेटिन नसकेकाहरुलाई पनि उचित भूमिका दिइने धारणा व्यक्त गरे । त्यस्तै नवनिर्वाचित उपाध्यक्ष पृथ्वीसुव्वा गुरुङले पार्टीलाई विधि र पद्धतिमा चलाउदै बलियो ढंगले अघि बढाइने उल्लेख गरेका छन् । संगठनात्मक हिसावका साथै कार्यसञ्चालनमा देखिएका समस्यालाई समेत समाधान गर्न ध्यान केन्द्रीत गरिने उनको भनाइ छ ।

उनले नेतृत्वका लागि प्रतिष्पर्धा भएपनि सिद्धान्त र बिचारमा कुनै मतभेद नरहेको बताए । त्यसैगरि नवनिर्वाचित उपाध्यक्ष गोकर्ण बिष्टले बिगतका कमजोरीलाई सच्चाउदै जनतालाई विश्वासमा लिएर अघि बढ्ने बताए । त्यस्तै नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले पार्टीभित्रको लोकतान्त्रीक अभ्यासलाई बलियो बनाइ सवैको भावना समेटेर अघि बढ्ने बताए ।

उनले पार्टीभित्रका पक्षधरलाई मापदण्डको आधारमा एकताबद्ध ढंगले समेटेर सुदृढ पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए । भट्टराईले ईश्वर पोखरेल, सुरेन्द्र पाण्डेले पार्टीको लोकतान्त्रीक पद्दतीको आवाज उठाएर गरेको साहसको आफुले सदैव सम्मान गर्ने जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

‘मिलापत्रको कागज र अदालतमा बयान गरेपछि देवकुमारको सम्पत्ति बिक्री गरेर पैसा फिर्ता पाइन्छ भनियो,’ राजभण्डारी भन्छन्, ‘जब पैसा पाएको लिखत तमसुक र अदालतमा बयान सकियो । देवकुमारविरुद्ध सम्पत्ति...
रविलाई रिहा गर्ने आदेशसँगै नख्खु कारागार परिसरमा कार्यकर्ताको भीड

रविलाई रिहा गर्ने आदेशसँगै नख्खु कारागार परिसरमा कार्यकर्ताको भीड

रास्वपा सभापति रवि लामिछाने रिहा गर्ने आदेश भए लगत्तै ललितपुरस्थित नख्खु कारागार परिसरमा रास्वपा कार्यकर्ताको भिड लागेको छ ।
एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष...