नेभिगेशन
समाज

एमाले नेताहरु भन्छन्, ‘आन्तरिक प्रतिष्पर्धाले पार्टीभित्र कुनै असर नपर्ने’

काठमाडौँ । नेकपा एमालेका नेताहरुले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने बताएका छन् । पार्टीको ११ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन भएपनि उनीहरुले आन्तरिक प्रतिष्पर्धाले पार्टीभित्र कुनै असर नपर्ने भन्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाइने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेका नवनिर्वाचित उपाध्यक्ष बिष्णु पौडेलले पार्टीमा लोकतान्त्रिक अभ्यास हुनु स्वभाविक भएको भन्दै यसले पार्टीका कुनै बिभाजन नल्याउने बताए । उनले महाधिवेशनपछि पार्टी अझै सशक्त र एकताबद्ध भएर राष्ट्रका समस्या समाधान गर्न अघि बढ्ने बताए ।

Ncell
Extreme Energy

पौडेलले केन्द्रीय कमिटी समेटिन नसकेकाहरुलाई पनि उचित भूमिका दिइने धारणा व्यक्त गरे । त्यस्तै नवनिर्वाचित उपाध्यक्ष पृथ्वीसुव्वा गुरुङले पार्टीलाई विधि र पद्धतिमा चलाउदै बलियो ढंगले अघि बढाइने उल्लेख गरेका छन् । संगठनात्मक हिसावका साथै कार्यसञ्चालनमा देखिएका समस्यालाई समेत समाधान गर्न ध्यान केन्द्रीत गरिने उनको भनाइ छ ।

उनले नेतृत्वका लागि प्रतिष्पर्धा भएपनि सिद्धान्त र बिचारमा कुनै मतभेद नरहेको बताए । त्यसैगरि नवनिर्वाचित उपाध्यक्ष गोकर्ण बिष्टले बिगतका कमजोरीलाई सच्चाउदै जनतालाई विश्वासमा लिएर अघि बढ्ने बताए । त्यस्तै नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले पार्टीभित्रको लोकतान्त्रीक अभ्यासलाई बलियो बनाइ सवैको भावना समेटेर अघि बढ्ने बताए ।

उनले पार्टीभित्रका पक्षधरलाई मापदण्डको आधारमा एकताबद्ध ढंगले समेटेर सुदृढ पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए । भट्टराईले ईश्वर पोखरेल, सुरेन्द्र पाण्डेले पार्टीको लोकतान्त्रीक पद्दतीको आवाज उठाएर गरेको साहसको आफुले सदैव सम्मान गर्ने जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

यातायात सेवा कार्यालयहरुमा सवारी लाइसेन्सकालागि गरिने स्वास्थ्य परीक्षणमा बेथिति देखिएको छ । सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालयहरूले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था, चिकित्सकहरुसँग सम्झौता गरेर सेवाग्राहीको स्वास्थ्य...
कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव बढेर २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ।
नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री  र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको...
पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।