नेभिगेशन
मुख्य समाचार

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार यहाँ आयोजित चौथो संकरणको ‘चाइना–नेपाल मिडिया समिट’मा सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको सराहना गरेका थिए । उनले चीनले नेपालको विशेषगरी पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याएको उनले उल्लेख गरे ।

CG

“चीन नेपालको लामो समयदेखिको सहयोगी छिमेकी हो”, सञ्चारमन्त्री खरेलले भने, “खासगरी नेपालको पूर्वाधार विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, सम्पदाको विकास प्रवद्र्धनमा उत्तिकै योगदान छ, यसका लागि चीन सरकार र चिनियाँ जनताप्रति आभार प्रकट गर्दछु ।”

नेपालका लागि जनगणतन्त्र चीनका कन्सुलर झु फेङले चीन र नेपालबीचको सम्बन्धको विविध आयामबारे चर्चा गरेका थिए । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित समिटमा चिनियाँ र नेपाली सञ्चारमाध्यमबिच अन्तरराष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

‘मिलापत्रको कागज र अदालतमा बयान गरेपछि देवकुमारको सम्पत्ति बिक्री गरेर पैसा फिर्ता पाइन्छ भनियो,’ राजभण्डारी भन्छन्, ‘जब पैसा पाएको लिखत तमसुक र अदालतमा बयान सकियो । देवकुमारविरुद्ध सम्पत्ति...
रविलाई रिहा गर्ने आदेशसँगै नख्खु कारागार परिसरमा कार्यकर्ताको भीड

रविलाई रिहा गर्ने आदेशसँगै नख्खु कारागार परिसरमा कार्यकर्ताको भीड

रास्वपा सभापति रवि लामिछाने रिहा गर्ने आदेश भए लगत्तै ललितपुरस्थित नख्खु कारागार परिसरमा रास्वपा कार्यकर्ताको भिड लागेको छ ।
एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष...