नेभिगेशन
समाज

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको उनी आबद्ध क्लबले जानकारी दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बढ्दो आपराधिक हिंसाले ग्रस्त बनेको ग्वायाकिलमा यो घटना घटेको हो, जहाँ लागुऔषध तस्करीसँग सम्बन्धित गिरोह गतिविधि तीव्र बन्दै गएको छ । ग्वायाकिल पछिल्ला वर्षहरूमा गिरोह हिंसाको प्रमुख केन्द्रका रूपमा चिनिन थालेको छ र हालैका महिनाहरूमा इक्वेडरका थुप्रै फुटबल खेलाडीहरू आक्रमणको निशानामा परेका छन् ।

Ncell
Extreme Energy

३३ वर्षीया पिनिडा सन् २०१८ र २०२२ को विश्वकप छनोट चरणमा इक्वेडरको राष्ट्रिय टोलीमा समावेश भएका थियो । यद्यपि सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपको अन्तिम चरणका लागि भने उनी छनोट हुन सकेका थिएन । उनले सन् २०२२ मा ब्राजिलको क्लब फ्लुमिनेन्सका लागि पनि व्यावसायिक फुटबल खेलेका थिए ।

उनको क्लब बार्सिलोना एससीले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गर्दै भनेको छ, “गहिरो दुःखका साथ यो जानकारी गराइन्छ कि हाम्रा खेलाडी मारियो पिनिडाको निधन भएको छ । उनीमाथि भएको आक्रमणपछि यो दुःखद घटना घटेको हो ।” क्लबले परिवारप्रति समवेदना व्यक्त गर्दै न्यायको माग पनि गरेको छ ।

पिनिडाको मृत्युको पुष्टि इक्वेडरको गृह मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार घटनाको गम्भीरता हेर्दै विशेष प्रहरी एकाइ परिचालन गरी विस्तृत अनुसन्धान सुरु गरिएको छ । अपराधी पहिचान र पक्राउका लागि सुरक्षा निकाय सक्रिय रूपमा खटिएको मन्त्रालयले जनाएको छ ।

डिजिटल समाचार माध्यम प्रिमिसियासका अनुसार मोटरसाइकलमा सवार दुई जना व्यक्तिले पिनिडामाथि आक्रमण गरेका थिए । ती आक्रमणकारीहरूले उनी, उनकी आमा तथा अर्को एक महिलामाथि अन्धाधुन्ध गोली प्रहार गरेको रिपोर्ट गरिएको छ । घटनामा अन्य घाइतेहरूको अवस्था र आक्रमणको कारणबारे थप विवरण सार्वजनिक भइसकेको छैन ।

यसअघि सेप्टेम्बर महिनामा इक्वेडरको दोस्रो डिभिजनका तीन जना फुटबल खेलाडीको हत्या भएको थियो, जसमा एक जनाको हत्या कथित रूपमा खेलकुद सट्टेबाजीसँग जोडिएको बताइएको थियो । त्यसको एक महिनापछि स्थानीय फुटबल खेलाडी ब्रायन एङ्गुला पनि गोली हानाहानमा घाइते भएका थिए । जसले खेलकुद क्षेत्रसमेत आपराधिक हिंसाबाट सुरक्षित नरहेको देखाएको छ ।

कुनै समय ल्याटिन अमेरिकाकै सुरक्षित मुलुकमध्ये एक मानिने इक्वेडर पछिल्ला वर्षहरूमा गम्भीर सुरक्षा सङ्कटमा फसेको छ । कोलम्बिया र पेरुजस्ता प्रमुख कोकेन उत्पादक राष्ट्रहरू र विश्वका उपभोक्ता बजारबीचको मुख्य ट्रान्जिट हब बनेपछि देशमा लागुऔषध तस्करीसँग सम्बन्धित गिरोहहरूको प्रभाव बढेको छ ।

विशेषगरी ग्वायाकिलमा कार बम विस्फोट, गोलीबारी र फिरौतीका घटना तीव्र रूपमा बढिरहेका छन् । आधिकारिक तथ्याङ्कअनुसार जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा मात्र ग्वायाकिलमा करिब एक हजार ९०० हत्याका घटना दर्ता भएका छन्, जुन इक्वेडरका अन्य सहरहरूमध्ये सबैभन्दा बढी हो । यस्ता घटनाले देशको खेलकुद, सामाजिक सुरक्षा र समग्र स्थायित्वप्रति गम्भीर प्रश्न खडा गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...