नेभिगेशन
समाज

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय, प्रदेश र सङ्घीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको सचिवालय बैठकले सो कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त कार्यदलको संयोजकमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ तथा सदस्यमा बोधनारायण श्रेष्ठ र रञ्जु दर्शना हुनुहुन्छ । प्रवक्ता झाले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिकतर्फ तीन सय २५ आवेदन प्राप्त भएका जानकारी दिए ।

Ncell
Extreme Energy

बैठकले आवेदन प्रक्रिया जारी रहँदा अगाडिको प्रक्रिया सुरु गर्ने निर्णय गरेको उनले बताए । सचिवालय  बैठकले पारदर्शी उम्मेदवार छनोटका लागि अडिट समितिको संयोजकको जिम्मेवारी उपेन्द्र पाण्डेलाई दिएको छ । यस्तै, आवेदकलाई सातै प्रदेशमा यही पुस ५ गते छलफलका लागि आमन्त्रण गरिने प्रवक्ता झाले जानकारी दिए ।

छलफल सहजीकरणका लागि समानुपातिकतर्फ उम्मेदवारी नदिएका केन्द्रीय समिति सदस्यलाई प्रदेशगत रूपमा जिम्मेवारी तोकिएको छ । पार्टीले निर्वाचन लक्षित गतिविधि र साझा बुझाइ तयार गर्न महामन्त्री कविन्द्र बुर्लाकोटीको समन्वयमा शुक्रबार ‘निर्वाचन पूर्व तयारी छलफल’ आयोजना गर्ने निर्णय गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

रुपन्देहीको रोहिणी गाउँपालिकाका स्ववासीले ५८ वर्षपछि आफ्नो जग्गाको लालपुर्जा पाएका छन् ।
जसलाई बचाउन वीरका डाक्टरले चन्दा उठाए

जसलाई बचाउन वीरका डाक्टरले चन्दा उठाए

वीर अस्पतालको नयाँ भवनको तेस्रो तलामा बिरामीको चाप छ। कोही बेड नपाएर तनावमा छन्, कोही दुखाइले छटपटाइरहेका छन्। कोही बिरामी भेट्न आएका छन्, कोही आफ्ना आफन्तको अवस्थाले हतास...
‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’: शिशिर खनाल

‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’: शिशिर खनाल

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्नसक्ने बताउँदै परराष्ट्रमन्त्री खनालले आफ्ना दुवै छिमेकीसँग सार्वभौम समानता,...
प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु चार हजार ५८० पुगेको छ ।...