नेभिगेशन
समाज

मुलुकलाई लयमा फर्काउन रवि लामिछानेको नेतृत्वमा रास्वपाले निर्णायक भूमिका निभाउनेछः डिपी अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले सभापति रवि लामिछानेको रिहाइले न्यायालयप्रतिको आस्थालाई पुनः ताजगी दिनुकासाथै मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सभापति लामिछानेको रिहाईको लागि निरन्तर सदभाव,शुभेच्छा व्यक्त गर्नुहुने देश विदेशमा रहनुभएका सम्पूर्ण  नेपालीजनहरूप्रति हार्दिक आभार प्रकट गरेका छन् । 

Ncell
Extreme Energy

त्यस्तै निर्धारित मितिमै निर्वाचन सम्पन्न गरी मुलुकलाई लयमा फर्काउन लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णायक भूमिका निभाउने बताएका छन् । 

उनले भने, ‘आज उच्च अदालत तुल्सीपुरले पार्टी सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गरेको छ । सम्मानित अदालतको आदेशप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं । सभापति लामिछानेको रिहाइका लागि निरन्तर सदभाव,शुभेच्छा व्यक्त गर्नुहुने देश विदेशमा रहनुभएका सम्पूर्ण  नेपालीजनहरूप्रति हार्दिक आभार प्रकट गर्नेछौं । सभापतिको रिहाइले न्यायालयप्रतिको आस्थालाई पुनः ताजगी दिनुकासाथै मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ । अब निर्धारित मितिमै निर्वाचन सम्पन्न गरी मुलुकलाई लयमा फर्काउन उहाँको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णायक भूमिका निभाउनेछ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।