नेभिगेशन
समाज

अमेरिकाले बन्द गर्यो डिभी लोटरी, कारण के हो ?

काठमाडौँ । अमेरिकीले डिभी लोटरी कार्यक्रम अस्थायीरुपमा रोकेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमका अनुसार ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा  डिभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने निर्णय गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

download-1766137145.webp
 

Ncell
Extreme Energy

गोलीकाण्डमा संलग्न भएका व्यक्ति डिभी लोटरी कार्यक्रमबाटै ८ वर्षअघि अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले त्यस्तो निर्देशन दिएको भनेर न्यूयोर्कबाट प्रकाशन हुने सिबिएस न्युजले जनाएको छ।

अधिकारिहरूका अनुसार क्लाउडिओ म्यानुएल नेभेस भ्यालेन्टी नाम गरेका  ४८ वर्षीय पोर्चुगिज नागरिक सन् २०१७ मा डिभीमार्फत अमेरिकामा प्रवेश गरी केही वर्षमा ग्रीन कार्ड लिएका थिए ।

गोलीकाण्डको घटनापछि अमेरिकाले आप्रवासी नीतिमा कडाइ गरेको छ। सीमानामा पट्रोलिङ बढाउनेसँगै अन्य माध्यमबाट अमेरिका प्रवेश गर्ने माध्यममा समेत कडाइ गरेको छ।

गत महिना वाशिङ्टन डिसीस्थित ह्वाइट हाउसनजिक भएको गोलीकाण्डको घटनापछि विभिन्न मुलुकहरूका नागरिकलाई अमेरिका प्रवेशमा समेत रोक लगाएको छ।

त्यस्तै विभिन्न देशका नागरिकहरूले प्राप्त गरेको ग्रीन कार्ड समेत पुनरवलोकन गर्ने निर्णय गरेको थियो। 

सिबिएस न्युजका अनुसार डिभी कार्यक्रम १९९० को दशकदेखि लागू भएको थियो। जसअन्तर्गत हरेक वर्ष आप्रवासन दर न्यून भएका देशका ५० हजार नागरिक लैजाने गरेको छ। 

अहिले उक्त कार्यक्रममा सहभागी हुन माध्यमिक शिक्षा अनिवार्य रूपमा पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...