नेभिगेशन
मुख्य समाचार

वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौँ । सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर  सङ्कलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ । 

गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा छ स्थानमा रु ६५ लाखमा ठेक्का सम्झौता गरेर ट्रास बेरियर राख्न थालिएको हो । 
    
सहरी विकासमन्त्री कुलमान घिसिङको निजी सचिवालयका अनुसार ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लाष्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ । काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, मनोहरा र धोबीखोला नदीहरूमा सहरीकरण, अव्यवस्थित फोहर व्यवस्थापनका कारण ठूलोमात्रामा तैरिने फोहर बग्ने गरेको पाइएको हुँदा यस्ता नदीमा ट्रास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ । 

CG

ट्रास बेरियरबाट सङ्कलित फोहरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ । नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहर वस्तुलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास बैरियरको सतह आफैँ तलमाथि हुने ढङ्गले रबरको कन्भेयर बेल्ट र तैरिने भागसहितको संरचना जडान हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी आन्दोलनका नाममा थुनिएकाको रिहाइ माग गर्दै सुदन गुरुङले सार्वजनिक गरे गृहमन्त्रीको मोबाइल नम्बर

जेनजी आन्दोलनका नाममा थुनिएकाको रिहाइ माग गर्दै सुदन गुरुङले सार्वजनिक गरे गृहमन्त्रीको मोबाइल नम्बर

सरकार र जेनजी बिच भएको सम्झौतामा भदौ २३ र २४ गतेको आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइएको छ भने प्रदर्शनमा सहभागी भएकै आधारमा फौजदारी मुद्दा नचलाउने बुँदा राखिएको थियो ।
जेनजी सरकारविरुद्ध जेनजी समूहकै आन्दोलन घोषणा, माग: सर्वपक्षीय सरकार

जेनजी सरकारविरुद्ध जेनजी समूहकै आन्दोलन घोषणा, माग: सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको जगमा बनेको सरकारले १ सय दिनमा पनि आन्दोलनका मर्म अनुसार काम गर्न नसकेको, जेनजीले उठाएका माग बेवास्ता गरेको दाबी गर्दै ढुङ्गानाले जेनजी सरकारविरुद्ध आन्दोलन घोषण गरेका...
रास्वपालाई लाग्यो चुनावः समानुपातिक उम्मेदवारको घरदैलो अभियान

रास्वपालाई लाग्यो चुनावः समानुपातिक उम्मेदवारको घरदैलो अभियान

पार्टीको प्रचारप्रसार सँगै उम्मेदवारहरुका लागि जनतासँग साक्षत्कार गर्ने अभ्यासकारुपमा पनि घरदैलो अभियान चलाएको रास्वपाले जनाएको छ । समानुपातिक उम्मेदवारहरु पनि आन्तरिकरुपमा हुने प्रारम्भिक निर्वाचनबाट निर्वाचित भएपछि मात्रै उम्मेदवारको...
२ सय ६६ दिनपछि रास्वपाको केन्द्रीय घण्टीघर फर्कदै छन् रवि लामिछाने

२ सय ६६ दिनपछि रास्वपाको केन्द्रीय घण्टीघर फर्कदै छन् रवि लामिछाने

रास्वपा कार्यवाहक सभापति डिपी अर्यालका अनुसार अहिले दिउँसो ३ बजे सभापति लामिछाने पार्टी कार्यालय जानेछन् । पार्टी कार्यालयमा नेता कार्यकर्ताले स्वागत गर्नेछन् । लगत्तै रास्वपाको केन्द्रीय समिति बैठक...