नेभिगेशन
समाज

वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौँ । सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर  सङ्कलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा छ स्थानमा रु ६५ लाखमा ठेक्का सम्झौता गरेर ट्रास बेरियर राख्न थालिएको हो । 
    
सहरी विकासमन्त्री कुलमान घिसिङको निजी सचिवालयका अनुसार ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लाष्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ । काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, मनोहरा र धोबीखोला नदीहरूमा सहरीकरण, अव्यवस्थित फोहर व्यवस्थापनका कारण ठूलोमात्रामा तैरिने फोहर बग्ने गरेको पाइएको हुँदा यस्ता नदीमा ट्रास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ । 

Ncell
Extreme Energy

ट्रास बेरियरबाट सङ्कलित फोहरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ । नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहर वस्तुलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास बैरियरको सतह आफैँ तलमाथि हुने ढङ्गले रबरको कन्भेयर बेल्ट र तैरिने भागसहितको संरचना जडान हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।