नेभिगेशन
मुख्य समाचार

२ सय ६६ दिनपछि रास्वपाको केन्द्रीय घण्टीघर फर्कदै छन् रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २ सय ६० दिनको कारागार बसाइपछि आज पार्टी कार्यालय फर्कदै छन् । पछिल्लो पटक २०८१ चैत १८ गते पार्टी कार्यालय पुगेका लामिछाने त्यसपछि आज कार्यालय जाँदै छन् । 

रास्वपा कार्यवाहक सभापति डिपी अर्यालका अनुसार अहिले दिउँसो ३ बजे सभापति लामिछाने पार्टी कार्यालय जानेछन् । पार्टी कार्यालयमा नेता कार्यकर्ताले स्वागत गर्नेछन् । लगत्तै रास्वपाको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय समिति बैठकलाई रवि लामिछानेले सभापतिका रुपमा सम्बोधन गर्ने छन् । 

CG

बैठकपछि पार्टी कार्यालयमा पुगेका सुभेच्छुकहरुलाई लामिछानेले छोटो सम्बोधन गर्ने जनाइएको छ । लामिछाने पहिलो पटक २०८१ कात्तिक २ गते रास्वपाको केन्द्रीय पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए । 

पोखरा, काठमाडौँ, रुपन्देही र चिवतन गरी ८४ दिनको हिरासत बसाईपछि रवि लामिछाने पार्टी कार्यालय फर्कीएका थिए । चैत १८ गतेको केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए । त्यसपछि लामिछाने पार्टी कार्यालय फर्का पाएका थिएनन् । 

उनी चैत २२ गते उच्च अदालत तुलसीपुरको आदेशसँगै बुढानिलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए । त्यसपछि लामिछाने कारागार चलान भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी आन्दोलनका नाममा थुनिएकाको रिहाइ माग गर्दै सुदन गुरुङले सार्वजनिक गरे गृहमन्त्रीको मोबाइल नम्बर

जेनजी आन्दोलनका नाममा थुनिएकाको रिहाइ माग गर्दै सुदन गुरुङले सार्वजनिक गरे गृहमन्त्रीको मोबाइल नम्बर

सरकार र जेनजी बिच भएको सम्झौतामा भदौ २३ र २४ गतेको आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइएको छ भने प्रदर्शनमा सहभागी भएकै आधारमा फौजदारी मुद्दा नचलाउने बुँदा राखिएको थियो ।
जेनजी सरकारविरुद्ध जेनजी समूहकै आन्दोलन घोषणा, माग: सर्वपक्षीय सरकार

जेनजी सरकारविरुद्ध जेनजी समूहकै आन्दोलन घोषणा, माग: सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको जगमा बनेको सरकारले १ सय दिनमा पनि आन्दोलनका मर्म अनुसार काम गर्न नसकेको, जेनजीले उठाएका माग बेवास्ता गरेको दाबी गर्दै ढुङ्गानाले जेनजी सरकारविरुद्ध आन्दोलन घोषण गरेका...
रास्वपालाई लाग्यो चुनावः समानुपातिक उम्मेदवारको घरदैलो अभियान

रास्वपालाई लाग्यो चुनावः समानुपातिक उम्मेदवारको घरदैलो अभियान

पार्टीको प्रचारप्रसार सँगै उम्मेदवारहरुका लागि जनतासँग साक्षत्कार गर्ने अभ्यासकारुपमा पनि घरदैलो अभियान चलाएको रास्वपाले जनाएको छ । समानुपातिक उम्मेदवारहरु पनि आन्तरिकरुपमा हुने प्रारम्भिक निर्वाचनबाट निर्वाचित भएपछि मात्रै उम्मेदवारको...
वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक...