नेभिगेशन
समाज

रास्वपालाई लाग्यो चुनावः समानुपातिक उम्मेदवारको घरदैलो अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ आकांक्षी उम्मेदवारले घरदैलो प्रचार गरेका छन् । पुस ४ गते रास्वपाबाट समानुपातिक उम्मेदवार बन्न इच्छुक आकांक्षीहरु सूचि सार्वजनिकभएपछि छनोट प्रक्रिया सुरु गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेशगतरुपमा चलिरहेको छनोट प्रक्रियाको पहिलो दिन उम्मेदवारहरुसँग छलफल चलाएको रास्वपाले सोमवार भने सबै आकांक्षी उम्मेदवारलाई घरदैलोका लागि पठाएको छ । रास्वपाका अनुसार दोस्रो दिन आज सातै प्रदेशमा छलफलमा सहभागी भएका उम्मेदवारका आकांक्षीहरु गाउँ गाउँ र टोलटोलमा पुगेका छन् । 

Ncell
Extreme Energy

पार्टीको प्रचारप्रसारसँगै उम्मेदवारहरुका लागि जनतासँग साक्षत्कार गर्ने अभ्यासकारुपमा घरदैलो अभियान चलाएको रास्वपाले जनाएको छ । समानुपातिक उम्मेदवारहरु पनि आन्तरिकरुपमा हुने प्रारम्भिक निर्वाचनबाट निर्वाचित भएपछि मात्रै उम्मेदवारको सूचीमा पर्ने भएकाले पार्टीका कार्यकर्ताहरुसँग भोट माग्न आकांक्षी उम्मेदवारहरु प्रचारमा जुटेका हुन् । 

समानुपातिकतर्फका आकांक्षीलाई सबै क्षेत्रबाट मतदान गर्न पाउने व्यवस्था गरिएको छ । रास्वपाबाट समानुपातिक उम्मेदवारका आकांक्षी ३५३ जनाको नाम सार्वजनिक गरिएको छ । आन्तरिक छनोटका विधिहरु सकेर पुस १४ मा अन्तिम सूची प्रकाशित गर्ने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।