नेभिगेशन
समाज

जेनजी आन्दोलनका नाममा थुनिएकाको रिहाइ माग गर्दै सुदन गुरुङले सार्वजनिक गरे गृहमन्त्रीको मोबाइल नम्बर

काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै दबाब दिन गृहमन्त्री ओमप्रकाश अर्याल सहित गृह सचिवको मोबाइल नम्बर सार्वजनिक गरिदिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फेसबुक मार्फत गुरुङले जेनजी र प्रधानमन्त्रीबिच भएको सम्झौता राष्ट्रपतिबाट हस्ताक्षर गराउन भइरहेको अलमलले भ्रष्टाचारी तथा हत्याराहरूलाई कारबाही गर्न ढिलाइ भएको आरोप लगाएका छन् । बरु उल्टै आन्दोलनमा सहभागी भएका विरुद्ध मुद्दा चलाउने क्रममा नरोकिएको, सम्झौता अनुसार रिहाइ नभएको तथा मुद्दा र धरौटीका कारण थुनामै बस्नु परेकोको गुरुङको भनाई छ।

Ncell
Extreme Energy

आफूहरूले बारम्बार सहजीकरण गर्दा पनि नभएपछि अब पक्राउ परेको जेनजीका परिवारले सिधै गृहमन्त्री, गृह सचिव तथा गृहमन्त्रीका स्वकीय सचिवलाई फोन गर्नु भन्दै नम्बर सार्वजनिक गरेको जनाएका छन् । 
 सरकार र जेनजी बिच भएको सम्झौतामा भदौ २३ र २४ गतेको आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइएको छ भने प्रदर्शनमा सहभागी भएकै आधारमा फौजदारी मुद्दा नचलाउने बुँदा राखिएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रिय भेला नरोकिने शशांक कोइरालाको स्पष्टोक्ति

राष्ट्रिय भेला नरोकिने शशांक कोइरालाको स्पष्टोक्ति

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको एकता कायम गर्दै मुलुकसामु देखिएका चुनौतीको सामना गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन्...
सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

मण्डनदेउपुर नगरपालिका–७का वृद्ध केदारनाथ पराजुली र उनकी पत्नी तीलकुमारी सुनकोशी नदीमा हेलिएको घटनाले सदनमा पनि प्रवेश पाएको छ ।
पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म कूल १२ घण्टा विद्युत् सेवा अवरुद्ध...