नेभिगेशन
मुख्य समाचार

सुहाङलाई प्रधानमन्त्रीले सोधिन्ः चुनावमा उठ्ने होइन? जवाफ दिएः तयारी गर्दै छु

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन्।

प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरेकी हुन् ।

CG

उनले भनिन्, “हामी चुनाव गराउनै लागिरहेका छौँ । असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ । अबको हाम्रो लक्ष्य चुनाव गराउने हो । चुनाव भए मात्र मुलुकमा दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ ।” 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार पूर्वसांसद नेम्बाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन  शुभकामना दिएका थिए ।

प्रधानमन्त्री कार्कीले यहाँसँग चुनावमा उठ्ने तयारी के छ भनेर पनि जिज्ञासा राखेकी थिइन् । जवाफमा उनले चुनावको तयारी गरिरहेको बताएका थिए । प्रधानमन्त्री कार्कीले उनलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा व्यक्त गरिन् ।

प्रधानमन्त्रीले भनिन्, “चुनाव हुन्छ, तयारी अवस्थामा रहनू । तपाईँहरुजस्तो युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ । अनि मात्र देशमा केही हुन्छ । बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन । पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ । देश युवाले नै हाँक्नुपर्छ । युवामा साहस र ऊर्जा छ ।”

पूर्वसांसद नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्ग र पुल पुनर्निर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ स्थलगत अवलोकन गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिए ।
–––

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

यस अघि कार्यकर्ता तथा शुभेच्छुकले बाजा गाजा सहित पार्टी कार्यालयमा भव्य स्वागत गरेका लामिछानेलाई कार्यवहाक सभापति डिपी अर्यालले स्वागत सहित जिम्मेवारी हस्तान्तरण गरेका थिए । अहिले केन्द्रीय समिति...
डिपीले रवि लामिछानेलाई हस्तान्तरण गरे सभापतिको कार्यभार

डिपीले रवि लामिछानेलाई हस्तान्तरण गरे सभापतिको कार्यभार

लामिछानेलाई पार्टी कार्यालयमा स्वागत गर्दै कार्यवहाक सभापति अर्यालले  जिम्मेवारी लामिछानेलाई हस्तान्तरण गरेका हुन् । बनस्थलीस्थित पार्टी कार्यालयमा हजारौँ कार्यकर्ता एवं शुचेच्छुकहरू उपस्थित भएका छन् । उनलाई बाजागाजासहित रास्वपाका...
२ सय ६६ दिनपछि घण्टीघरमा रवि लामिछानेको 'इन्ट्री'

२ सय ६६ दिनपछि घण्टीघरमा रवि लामिछानेको 'इन्ट्री'

बनस्थलीस्थित पार्टी कार्यालयमा हजारौँ कार्यकर्ता एवं शुचेच्छुकहरू उपस्थित भएका छन् ।  उनलाई बाजागाजासहित रास्वपाका कार्यवहाक सभापति डिपी अर्याल लगायतका नेताहरुले स्वागत गरेका हुन् ।