नेभिगेशन
समाज

सभापतिको कार्यभार सम्हाल्दै रविले सम्झिए डिपीको त्यो प्रस्तावः ‘जेलको कार्यवाहक दिन मिल्दैन ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभापतिको कार्यभार सम्हालेपछि केन्द्रीय कमिटीको बैठक बसेको छ । आज अपरान्ह ४ बजे पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बैठक बसेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा सभापति लामिछानेको अनुपस्थितिमा कार्यवाहक सभापति डिपी अर्यालले पार्टीलाई संगठित र अनुशासित रुपमा सम्हालेकोमा उनको नेतृत्व क्षमाताको प्रशंसा गर्दै उनीप्रति कृतज्ञता व्यक्त गरे। लामिछानेले पार्टीका विभिन्न तह तप्कामा रही आफ्नो जिम्मेवारी पूरा गरेकोमा सबैप्रति आभार व्यक्त गरे र धन्यवाद ज्ञापन गरे । 

Ncell
Extreme Energy

‘हामी अहिले उत्साहित हुन सक्छौँ तर उत्सव मनाउने बेला होइन । अझै धेरै सङ्घर्ष बाँकी छ र धेरै जिम्मेवारी बाँकी छ ।’ लामिछानेले भने । उनले पार्टीको विभिन्न जिम्मेवारीमा रहेका सबैलाई संयमित र अनुशासित हुन अनुरोध गरे । 

उनले भावुक भएर एउटा प्रसङ्गको चर्चा गरे । एकपटक पार्टी कार्यवाहक सभापति डीपी अर्यालउनलाई भेट्न नख्खु कारागार पुगेका थिए । सो क्रममा अर्यालले उनलाई भनेको कुरा जस्ताको तस्तै बताए । अर्यालले सो दिन रविलाई भनेका थिए, ‘पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाई पनि कार्यवाहकलाई दिन मिल्दैन ? मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु। देशलाई अहिले तपाईंको खाँचो छ। तपाईं बाहिर जानुस् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।