नेभिगेशन
सबै कुरा

वायु प्रदूषणको विनाशकारी चक्र अन्त्य गर्न काठमाडौँसहित ८ ठूला सहरको प्रतिबद्धता

काठमाडौँ । काठमाडौँ महानगरपालिकासहित विश्वका आठ ठूला सहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रमा यसको गहिरो जोखिमको प्रभाव अन्त्य गर्न संयुक्त प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता जनाउने सहरमा नेपालको काठमाडौँ महानगरपालिका, अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इन्डोनेसियाको जकार्ता, बङ्गलादेशको ढाका, रवङ्दाको कीगाली र उगान्डाको काम्पला छन् ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त अरव इमिरेट्समा संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी २८औँ सम्मेलन (कोप–२८) जारी रहँदा स्वस्थ सहरका लागि साझेदारी (पार्टनरसीप फरहेल्दी सिटिज) को विश्व सञ्जालमा आवद्ध सहरका प्रमुखले यस्तो प्रतिबद्धता जनाएका हुन् । आठ देशका प्रमुखले बुधबार सार्वजनिक संयुक्त प्रतिबद्धता पत्रमा भनिएको छ,“जनसङ्ख्याको आकार र चुनौतीसँगको निकटताले, सहरहरुले परिवर्तनको उदाहरणीय नेतृत्व गर्न सक्ने प्रचुर सम्भावना बोकेका छन् । कोप २८ मा विश्व नेता भेला भइरहँदा, हामी विश्वभरका सहरलाई वायु अनुगमनका प्रभावकारी कार्यक्रम अपनाउन नागरिकको जीवन सुधार गर्न सार्वजनिक स्वास्थ्यकार्य प्रवद्र्धन गर्न आह्वान गर्दछौँ ।” 

Ncell
Extreme Energy

सो अवसरमा कामपाका प्रमुख बालेन्द्र साह (बालेन) ले वायु गुणस्तर अनुगमन सञ्जाललाई सुदृढ गरेर भरपर्दो नीतिसहित विद्यमान वायु प्रदूषण न्यूनीकरण गर्ने नीति रहको बताए । बङ्गालादेशको ढाका उत्तर नगरका प्रमुख मोहम्मद अतिकूल इस्लामले आफ्नो सहरले प्रदूषणमापन यन्त्र जडान गरेर वायु गुणस्तर निगरानीलाई थप बलियो बनाउँदै प्रभावकारी जनस्वास्थ्य नीति अवलम्बन रहेको जानकारी दिए । 

सिकागो सहरका प्रमुख ब्राण्डन जोन्सनले आफ्नो सहरले समुदायस्तरमा वायु प्रदूषण अनुगमन रणनीति विकास भएपछि पर्यावरणीय न्यायमार्फत आर्थिक योगदान गरिरहेको उल्लेख गरेका छन् । वायु प्रदूषणको अवस्था ठाउँअनुसार फरक हुने बताउँदै उनले अनुगमन रणनीतिका बारेमा समुदायस्तरमा समान बुझाइ विकास गर्न ध्यान दिएको बताए । 

सार्वजनिक स्वास्थ्यमा बढ्दै गएको प्रभाव र जोखिम घटाउन, सहरलाई स्वस्थ्य बनाउन आफूहरु साझेदारी अंशको रूपमा रहेको प्रमुखको भनाइ छ । नसर्ने रोगबाट हुने मृत्यृको रोकथाम गर्दै  सुरक्षित, उत्थानशील, अधिक लचिलो र अधिक समान सहर निर्माणमा आफूहरुले साझा सङ्कल्पका साथ काम गरिरहेको उनीहरुको भनाइ छ । 

जनस्वास्थ्य र वातावरणका लागि वायुप्रदूषण सबैभन्दा ठूलो जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको छ । यसका कारणबाट वार्षिक ७० लाख मानिसको मृत्यु हुने गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...