नेभिगेशन
सबै कुरा

‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा

काठमाडाैँ : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा  ‘पोइजन इन्फरमेसन सेन्टर’ अर्थात विष सूचना केन्द्रको को स्थापना भएको छ । अस्पतालको फर्माकोलोजी विभागद्वारा स्थापना गरिएको उक्त सूचना केन्द्रको स्वास्थ तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुभारम्भ गरेका हुन्  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त सेवाको सुभारम्भ गर्दै मन्त्री बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ को सेवालाई स्थानीय तहसम्म पु¥याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । त्यस्तै उनले शिक्षण अस्पतालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको प्रशंसा समेत गरेका छन् ।

Ncell
Extreme Energy

“यो सेन्टरले विष सेवनका कारण उपचारमा आउने गरेका समस्यालाई निराकरण गर्न टेलिमेडिसिनकै काम गर्ने छ । शिक्षण अस्पतालले उपलब्ध गराएको सम्पर्क नं सबै वडास्तरमा उपलब्ध गराई तत्काल सेवा सञ्चालन हुन्छ”, मन्त्री बस्नेतले भने। कार्यक्रममा डा राकेश घिमिरेले नेपालमा वर्सेनी ६ हजार नौ सय ३३ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै ती मध्ये १८ देखि २० प्रतिशतसम्म विष सेवन गरेर हुने गरेको जानकारी दिए । 

कार्यक्रममा डा रामु खरेलले सूचना केन्द्रले धेरै मानिसको ज्यान बचाउन सकिने बताए । केन्द्रका अनुसन्धान तथा नीति सहप्रध्यापक डा प्रदीप ज्ञवालीले मुलुकको भूगोलअनुसार समस्या पहिचान गरी सेवा विस्तार गर्न सकिने बताए । 

शिक्षण अस्पतालको क्लिनिकल फर्माकोलोजी विभागले उक्त ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याएको हो । विष सेवन गरेकाको उपचारलाई प्रभावकारी बनाएर उनीहरुको मृत्युदर कम गर्ने उद्देश्यले विज्ञहरुमार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको हो । 

त्रिवि शिक्षण अस्पतालमा स्थापना गरिएको यो सूचना केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउने छ ।  विष सेवनपछिको उपचारका विषयमा जानकारी लिनुपरेमा ०१–४५०२०११ मा फोन गर्न सकिने विभागले जनाएको छ । विष सेवन पछिको उपचारका विषयमा जानकारी दिन संस्थागत रुपमा स्थापना गरिएको यो नेपालको पहिलो सेन्टर भएको जनाइएको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।