नेभिगेशन
मुख्य समाचार

चोरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री कार्यालयको आग्रह

गण्डकी । जेन्जी प्रदर्शनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुरोध गरेको छ । 

कार्यालयले सोमबार सार्वजनिक सूचनामार्फत यही भदौ २४ गते आगजनी तथा तोडफोड गरी लुटिएका सवारीसाधन, टेलिभिजन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचरलगायत सामग्री सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो । कार्यालयले सामान फिर्ता गर्नेको पहिचान गोप्य राखिने जनाएको छ ।  
    
लुटपाट गरिएका सामग्री लुकाएर राखिएका स्थान पहिचान गर्ने काम भइरहेको र त्यस्ता सामग्री फिर्ता नगरेमा सम्बन्धित व्यक्तिलाई प्रचलित कानुनबमोजिम अनुसन्धानको दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउनेः अध्यक्ष ओली

संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउनेः अध्यक्ष ओली

प्रेस चौतारी नेपालको टोलीसँग आइतबार गुण्डुस्थित निवासमा छलफल गर्दै अध्यक्ष ओलीले असंवैधानिक र अनधिकृत ढङ्गबाट संसद् विघटन भएकाले पुनःस्थापना हुनुपर्ने माग दोहोर्‍याएका हुन ।
दुर्गा प्रसाईले खोले 'नागरिक बचाउ दल', चुनाव चिह्न' दुई पाइला'

दुर्गा प्रसाईले खोले 'नागरिक बचाउ दल', चुनाव चिह्न' दुई पाइला'

प्रसाई संरक्षक रहने गरी राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानलाई नै पार्टीकारुपमा दर्ता गरिएको छ । अहिले दुर्गा प्रसाईका सहयोगी माधव खतिवडा कल्पितको नेतृत्वमा नागरिक बचाउ...
पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका हुन् ।
रवि, कुलमान, बालेन, हर्क लगायत नयाँ शक्तिलाई एक हुन सुदन गुरुको आह्वान

रवि, कुलमान, बालेन, हर्क लगायत नयाँ शक्तिलाई एक हुन सुदन गुरुको आह्वान

सम्पूर्ण नेपाली जनताको एउटै चाहना रहेको र त्यसका लागि उहाँहरु सबै एकै ठाउँमा सँगै उभिन उनले आग्रह समेत गरेरका छन् । गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको...