नेभिगेशन
समाज

पाँच जना फरार प्रतिवादी पक्राउ

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादी तथा जेनजी आन्दोलनको क्रममा कारागार तोडफोड गरी फरार भएका पाँच जना कैदी तथा थुनुवालाई पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट खोजतलास गरी फरार प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीलाई लगत कट्टा प्रयोजनका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको तथा कैद भुक्तान गर्नुपर्ने कैदीलाई जिल्ला कारागारमा बुझाइएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

Ncell
Extreme Energy

पक्राउ पर्नेमा व्यास नगरपालिका–८ बस्ने ५२ वर्षीय शमशेर कुमाल रहेका छन् । उनीमाथि जबरर्जस्ती चोरी मुद्दामा जिल्ला अदालतको लगत नं ५८१ अनुसार रु ४७ हजार ८५० जरिवाना तोकिएको थियो । धरौटी तिर्न नसकेपछि निजलाई कारागार चलान गरिएको थियो ।

त्यसैगरी बन्दीपुर गाउँपालिका–४ का ३४ वर्षीय आशिष कायस्थ लागुऔषध मुद्दामा पक्राउ परेका छन् । कायस्थ रु २७ हजार जरिवाना तिरेर छुटेका छन् । घिरिङ गाउँपालिका–१ बस्ने २७ वर्षीया प्रितिमाया थापा बहुविवाह मुद्दामा पक्राउ परेकी छन् । उनलाई ११ महिना १३ दिन कैदसहित रु १० हजार जरिवाना तोकिएको छ । निजलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी जेनजी आन्दोलनका क्रममा कारागार तोडफोड गरी फरार भएका म्याग्दे गाउँपालिका–१ बस्ने ४९ वर्षीय सीताराम कामी र शुक्लागण्डकी नगरपालिका–२ बस्ने २२ वर्षीय अनमोल रिमाललाई पक्राउ गरिएको प्रनाउ विकले बताए । उनका अनुसार पक्राउ परेका कैदी तथा थुनुवालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि जिल्ला कारागारमा बुझाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...