नेभिगेशन
मुख्य समाचार

करेन्ट लागेर एक महिलाको मृत्यु

कञ्चनपुर । बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर सोमबार एक महिलाको मृत्यु भएको छ ।

आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लाग्दा २८ वर्षीया हरिना चौधरी घाइते भएकी थिइन् । घाइते अवस्थामा रहेकी चौधरीलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको थियो ।

CG

उपचारकै क्रममा बिहान चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जसपा नेपाल र जसपाबीच एकता घोषणा

जसपा नेपाल र जसपाबीच एकता घोषणा

उनीहरूबीच सोमबार एकताको सहमतिमा हस्ताक्षरसमेत भएको छ । यसअघि आइतबार तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताको सहमति भएको थियो ।
नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
रास्वपाको पार्टी कार्यालय पुगे जेनजी अगुवा सुदन गुरुङ

रास्वपाको पार्टी कार्यालय पुगे जेनजी अगुवा सुदन गुरुङ

पार्टी कार्यालय पुगेका गुरुङले रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेसँग भेट गरेका छन् । करिब ३० मिनेट डा.वाग्लेसँग छलफल गरेर गुरुङ निस्किएका छन् ।
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचरको मृत्यु

प्रहरी प्रधान कार्यालयका प्रहरी परिचरको मृत्यु

काठमाडौँको बुद्धनगर बस्दै आएका उदयपुरका प्रहरी परिचर बलबहादुर थापा मगरको सोमबार विहान मृत्य भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरक्षिक पनकुमार भट्टराईले जानकारी दिए ।