नेभिगेशन
समाज

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बिएनपीकी अध्यक्ष खालिदाको निधन

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मङ्गलबार बिहान निधन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीले जारी गरेको विज्ञप्तिमा उनको निधन फजरको प्रार्थनापछि बिहान ६ बजे भएको जनाइएको छ । वर्षौँदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबीच पनि सक्रिय राजनीतिमा रहेकी जियाको निधनले बङ्गलादेशी राजनीतिमा गहिरो शून्यता सिर्जना गरेको छ ।

Ncell
Extreme Energy

खराब स्वास्थ्य अवस्थाका बाबजुद पनि जियाले आगामी फेब्रुअरी २०२६ मा तय गरिएको आम निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेकी थिइन ।

उक्त निर्वाचन गत वर्ष दीर्घकालीन प्रतिद्वन्द्वी शेख हसिनाको सरकार जनविद्रोहपछि पतन भएपछिको पहिलो आम चुनाव हो । बिएनपीलाई यस निर्वाचनमा प्रमुख अग्रपङ्क्तिको दलका रूपमा हेरिएको थियो र धेरैले जियाको नेतृत्वमै पार्टी चुनाव जित्ने विश्वास गरेका थिए ।

बिएनपीका अनुसार नोभेम्बरको अन्त्यतिर उनको स्वास्थ्य अचानक बिग्रिएपछि ढाकाको एक अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरूले हरसम्भव प्रयास गरे पनि दीर्घकालीन स्वास्थ्य समस्याका कारण उनको अवस्था क्रमशः गम्भीर बन्दै गएको थियो ।

यद्यपि, निधन हुनुभन्दा केही घण्टाअघि सोमबार पार्टी कार्यकर्ताहरूले तीनवटा निर्वाचन क्षेत्रबाट उहाँकै नाममा उम्मेदवारी दर्ता गराएका थिए, जसले उनको राजनीतिक इच्छाशक्ति अन्तिम क्षणसम्म पनि बलियो रहेको देखाएको थियो ।

उनको निधनको खबर फैलिएसँगै, चिसो वर्षाको बीच पनि मङ्गलबार बिहान ढाकास्थित अस्पताल बाहिर हजारौँ शोकाकुल समर्थकहरू भेला भएका थिए । बिएनपीका वरिष्ठ नेता रुहुल कबिर रिजवीले यस घटनालाई ‘राष्ट्रका लागि अपूरणीय क्षति’ भन्दै गहिरो दुःख व्यक्त गरे ।

पार्टीका युवा समर्थक गोलम किब्रियाले जियाले विलासिताको जीवनभन्दा जेल रोजेर वर्षौं कठिन अवस्था भोग्नुभएको उल्लेख गर्दै उनलाई ‘कहिल्यै प्रतिस्थापन गर्न नसकिने अतुलनीय नेता’ को संज्ञा दिए ।

जियाको अन्तिम दिनहरूमा देशका अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले पनि राष्ट्रलाई उनको स्वास्थ्यलाभ र पछि आत्मशान्तिका लागि प्रार्थना गर्न आह्वान गरेका थिए ।

उनले जियालाई ‘अत्यन्त प्रेरणादायी व्यक्तित्व’ भन्दै राष्ट्रले ‘एक महान अभिभावक गुमाएको’ टिप्पणी गरे । युनुसका अनुसार उनको दृढ नेतृत्वले पटक–पटक देशलाई अलोकतान्त्रिक अवस्थाबाट बाहिर ल्याउन सहयोग गरेको थियो र जनतालाई स्वतन्त्रताको मूल्य बुझ्न प्रेरित गरेको थियो ।

तीन पटक प्रधानमन्त्री रहेकी जियालाई सन् २०१८ मा तत्कालीन शेख हसिना सरकारका पालामा भ्रष्टाचारको आरोपमा जेल सजाय सुनाइएको थियो । सोही कारणले उपचारका लागि विदेश जानसमेत उनलाई रोक लगाइएको थियो ।

हसिना सत्ताच्युत भएपछि गत वर्ष उनी रिहा भएकी थिइन । यस महिनाको सुरुतिर विशेष एयर एम्बुलेन्समार्फत लन्डन लैजाने तयारी भए पनि स्वास्थ्य स्थिर नहुँदा योजना कार्यान्वयन हुन सकेन ।

उनका जेठा छोरा तारिक रहमान अब फेब्रुअरी १२ मा हुने आम चुनावमा बिएनपीको नेतृत्व गर्ने अपेक्षा गरिएको छ । उनी १७ वर्षको निर्वासनपछि केही दिनअघि मात्र स्वदेश फर्किएका थिए ।

पार्टीले बहुमत हासिल गरेमा उनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिने व्यापक अनुमान गरिएको छ । बङ्गलादेशका प्रमुख सञ्चारमाध्यमहरूले जियाको निधनको समयमा उहाँका छोरा रहमान र परिवारका अन्य सदस्यहरू उनकै साथमा रहेको जनाएका छन् ।

एक अग्रणी राष्ट्रिय दैनिकले उनलाई ‘दृढ नेता’ का रूपमा स्मरण गर्दै लेखेको छ, “राजनीतिज्ञहरूको जीवन उत्थान र पतनले भरिएको हुन्छ, जहाँ कानूनी मुद्दा, गिरफ्तारी, कारावास, उत्पीडन र आक्रमण असामान्य हुँदैनन् ।

बेगम खालिदा जियाले यस्ता सबै कठोर परीक्षाहरू चरम सीमासम्म सहेका थिए । उनको जीवन सङ्घर्ष, अडान र राजनीतिक प्रतिबद्धताको प्रतीकका रूपमा बङ्गलादेशी इतिहासमा सधैँ स्मरणीय रहनेछ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...