नेभिगेशन
समाज

सुदुरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सुदूरपश्चिम । राष्ट्रियसभा सदस्य पदका लागि सुदूरपश्चिम प्रदेशमा हुन लागेको निर्वाचनलाई लक्षित गरी धनगढीमा बुधबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयको परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कैलाली जिल्ला अदालतका न्यायाधीश एवं निर्वाचन अधिकृत भुवनसिंह थापाले कार्यालयको उद्घाटन गरेका हुन ।

Ncell
Extreme Energy

सो अवसरमा प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी गराएका थिए । उनले भने, “कार्यालय परिसरमा एक मतदानस्थल र दुई मतदान केन्द्र स्थापना हुन लागेको छ । यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ ।”

उनका अनुसार आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रदेशसभाका सदस्य र पालिका तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता रहेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दुई सदस्य (एक महिला र एक पुरुष)को पदावधि सकिन लागेकाले ती पदका लागि निर्वाचन हुन लागेको निर्वाचन कार्यालयका प्रमुख प्रमुख भट्टले बताए । यस निर्वाचनमा ५२ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन् । 

प्रदेशसभाका एक सदस्य निलम्बनमा छन् भने सबै ८८ पालिका तहका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष गरी एक सय ७५ मतदाता छन् । पालिका तहका एक मतदाता पनि निलम्बनमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...