नेभिगेशन
समाज

सुदुरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सुदूरपश्चिम । राष्ट्रियसभा सदस्य पदका लागि सुदूरपश्चिम प्रदेशमा हुन लागेको निर्वाचनलाई लक्षित गरी धनगढीमा बुधबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयको परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कैलाली जिल्ला अदालतका न्यायाधीश एवं निर्वाचन अधिकृत भुवनसिंह थापाले कार्यालयको उद्घाटन गरेका हुन ।

Ncell
Extreme Energy

सो अवसरमा प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी गराएका थिए । उनले भने, “कार्यालय परिसरमा एक मतदानस्थल र दुई मतदान केन्द्र स्थापना हुन लागेको छ । यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ ।”

उनका अनुसार आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रदेशसभाका सदस्य र पालिका तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता रहेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दुई सदस्य (एक महिला र एक पुरुष)को पदावधि सकिन लागेकाले ती पदका लागि निर्वाचन हुन लागेको निर्वाचन कार्यालयका प्रमुख प्रमुख भट्टले बताए । यस निर्वाचनमा ५२ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन् । 

प्रदेशसभाका एक सदस्य निलम्बनमा छन् भने सबै ८८ पालिका तहका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष गरी एक सय ७५ मतदाता छन् । पालिका तहका एक मतदाता पनि निलम्बनमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...
नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उनले नेपालमा ढुक्क भएर...
सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

गाइघाट बजारको विकासमा महत्त्वपूर्ण योगदान दिएको उद्योगभित्रको भ्रष्टाचार, व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप र व्यक्तिगत तथा समूहगत स्वार्थका कारण उद्योग क्रमशः धराशायी बन्दै गएको छ । यसको पछिल्लो उदाहरण...

भर्खरै