नेभिगेशन
समाज

सशस्त्र प्रहरी दिवसका अवसरमा ‘पूर्व–पश्चिम झण्डा मार्च’

महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज बिहान कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रजत जयन्तीका अवसरमा पश्चिमी नाका गड्डाचौकीबाट राष्ट्रिय एकता, देशभक्ति र सुरक्षा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सशस्त्र प्रहरी बलले झण्डा मार्च सुरु गरिएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ ।

Ncell
Extreme Energy

आइतबार बिहान कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला र सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीप पालले मार्च शुभारम्भ गरेका हुन । सशस्त्र प्रहरी बलको भूमिकाबारे जनस्तरमा जानकारी गराउने र राष्ट्रप्रति समर्पणको भावना सुदृढ बनाउने लक्ष्यका साथ उक्त झण्डा मार्च थालिएको हो ।

सशस्त्र प्रहरी बल नेपालले शान्ति, सुरक्षा र विपद् व्यवस्थापनमा पुर्‍याउँदै आएको योगदानलाई स्मरण गराउँदै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सङ्गठनभित्रको समन्वय, टोलीको भावना सुदृढ गर्ने, सीमा क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क अभिवृद्धि गर्न सशस्त्र प्रहरीले मार्चपास आयोजना गरेको जनाएको छ ।

त्यस अवसरमा सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालले सशस्त्र प्रहरीले स्थापनाकालदेखि नै देश र देशवासीको सुरक्षा तथा हितमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै बताए । “सङ्क्रमणकालदेखि हालसम्म देखिएका विभिन्न सुरक्षा चुनौतीहरूलाई राज्यले दिएको कार्यदेशअनुसार सामना गर्दै आएको छ”, उनले भने, “सशस्त्र प्रहरी बल सक्षम र भरपर्दो सुरक्षा निकायका रूपमा स्थापित हँुदै गएको छ ।”

पश्चिमबाट सुरु भएको मार्च आगामी मङ्गलबार कैलाली त्यसपछि सुदूरपश्चिम सशस्त्र प्रहरी बलले शुक्रबार बर्दियालाई हस्तान्तरण गर्नेछ । बाहिनीपति पालले सीमाक्षेत्र हुँदै ३५ जनाको टोली पैदल मार्चमा सहभागी भएको छ । मार्चको १९औँ दिनमा पश्चिमी नाका गड्डाचौकी र पूर्वको झापाबाट आएको सशस्त्र प्रहरी बल नेपालको टोलीबीच नवलपुरमा भेट हुने जनाएको छ । मार्च शुभारम्भमा भीमदत्त नगरपालिकाका नगरप्रमुख निलम लेखक र जिल्ला सुरक्षा समितिका पदाधीकारीहरुकोसमेत सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवा समूहको राष्ट्रिय भेलाः विमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महतद्वारा प्रतिवेदन पेश

देउवा समूहको राष्ट्रिय भेलाः विमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महतद्वारा प्रतिवेदन पेश

प्रतिवेदनमा पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्नेहरूलाई विधि विपरीत अपमानीत गर्ने कार्य भएको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदीसहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका हुन् ।
सभापति र केन्द्रीय समितिको वैधानिकताबारे अलमलमा पर्नु पर्दैनः विश्वप्रकाश शर्मा

सभापति र केन्द्रीय समितिको वैधानिकताबारे अलमलमा पर्नु पर्दैनः विश्वप्रकाश शर्मा

शनिबार ललितपुरमा दोश्रो झापा १–काठमाडौँ कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सहि भनेको अवस्थमा सभापति...
पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

भर्खरै