नेभिगेशन
समाज

टि–२० विश्वकप खेल भारत बाहिर सार्न बङ्गलादेशको आग्रह

भारतले एक बङ्गलादेशी क्रिकेटरलाई इन्डियन प्रिमियर लिग (आइपिएल) छोड्न बाध्य पारेको घटनापछि बङ्गलादेशले आगामी महिना श्रीलङ्कामा सुरु हुने टि–२० विश्वकपमा आफ्ना खेलहरू भारत बाहिर आयोजना गर्न अनुरोध गर्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बङ्गलादेशका अन्तरिम सरकारका युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले आइतबार राज्यद्वारा सञ्चालित बिएसएस समाचार एजेन्सीमार्फत जारी विज्ञप्तिमा बङ्गलादेशी क्रिकेट, क्रिकेटर र राष्ट्रको गरिमामाथि कुनै पनि प्रकारको अपमान अस्वीकार्य हुने स्पष्ट गरेका छन् ।

Extreme Energy
citizen life

“हामी कुनै पनि परिस्थितिमा बङ्गलादेशी क्रिकेट, क्रिकेटर र बङ्गलादेशको अपमान स्वीकार गर्दैनौँ”, उनले भने, “दासत्वका दिनहरू समाप्त भइसकेका छन् ।” उनका अनुसार छिमेकी राष्ट्रहरूबीच बढेको तनावको पृष्ठभूमिमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइपिएल टोलीहरूलाई ‘सल्लाह’ दिएपछि बङ्गलादेशका फास्ट बलर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सले शनिबार रिलिज गरेको थियो ।

नजरुलले बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई औपचारिक पत्र लेख्न निर्देशन दिइएको जानकारी दिए। उनले भने, “यदि कुनै बङ्गलादेशी क्रिकेटर अनुबन्धित भएर पनि भारतमा खेल्न नसक्ने अवस्था सिर्जना हुन्छ भने सम्पूर्ण बङ्गलादेशी क्रिकेट टोलीले विश्वकपमा खेल्न आफूलाई सुरक्षित महसुस गर्न सक्दैन ।” यही कारण देखाउँदै उहाँले बङ्गलादेशका विश्वकप खेलहरू श्रीलङ्कामा आयोजना गर्न अनुरोध गर्न पनि बोर्डलाई निर्देशन दिएका छन् ।

भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने टि–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुने तय भएको छ । तालिकाअनुसार बङ्गलादेशले आफ्ना चारवटा समूह चरणका खेल भारतमा खेल्ने कार्यक्रम रहेको छ । यसैबीच, पाकिस्तानले आफ्ना सबै खेल श्रीलङ्कामै खेल्नेछ, जुन भारत र पाकिस्तान दुवैलाई बहुराष्ट्रिय प्रतियोगिताहरूमा तटस्थ स्थल प्रयोग गर्न दिने सम्झौताअन्तर्गत गरिएको व्यवस्था हो ।

सन् २०२४ मा ढाकामा भएको जनविद्रोहपछि भारतको निकट सहयोगी मानिने तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पदच्युत भएसँगै भारत र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धमा तिक्तता आएको बताइन्छ । भारतको विदेश मन्त्रालयले गत महिना मुस्लिम बहुल बङ्गलादेशमा ‘अल्पसङ्ख्यकहरूविरुद्ध निरन्तर शत्रुता’ भएको भन्दै आलोचना गरेको थियो । तर बङ्गलादेशका अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले भारतले हिंसाको परिमाणलाई बढाइचढाइ गरेर प्रस्तुत गरेको आरोप लगाएका छन् ।

बिसिबीका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले आइतबारपछि बोर्डको आपतकालीन बैठक बस्ने जानकारी दिए । “हाम्रा क्रिकेटरहरूको गरिमा र सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो र यही आधारमा हामी उचित समयमा निर्णय गर्नेछौँ”, उनले शनिबार राति पत्रकारहरूसँग भनेका थिए ।यसअघि आइपिएलका विभिन्न टोलीबाट खेलेका मुस्ताफिजुरलाई कोलकाताले गत डिसेम्बरमा १० लाख अमेरिकी डलरभन्दा बढी रकममा अनुबन्ध गरेको थियो ।

तर बिसिसिआईका सचिव देवजित साइकियाले ‘हालैको घटनाक्रमलाई ध्यानमा राख्दै’ कोलकातालाई ३० वर्षीय खेलाडीलाई ‘रिहा गर्न’ सल्लाह दिइएको बताए । सन् २०२६ को आइपिएल मार्च २६ बाट सुरु हुने तय छ । नजरुलले आइपिएललाई बङ्गलादेशी प्रसारणकर्ताहरूबाट ब्लक गर्न पनि आग्रह गर्ने बताएका छन् ।

उनले भने, “मैले बङ्गलादेशमा आइपिएल प्रतियोगिताको प्रसारण रोक्न सूचना तथा प्रसारण सल्लाहकारलाई अनुरोध गरेको छु” । यसैबीच, बलिउड सुपरस्टार शाहरुख खानको बहुमत स्वामित्वमा रहेको कोलकाता नाइट राइडर्सले मुस्ताफिजुरलाई ‘उचित प्रक्रिया र परामर्शपछि’ रिलिज गरिएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतीय नाकामा माईकिङ गरेर १०० रूपैयाँ भन्दा बढीको समान ल्याउनमा रोक, बढी ल्याए अनिवार्य महशुल तिर्नुपर्ने

भारतीय नाकामा माईकिङ गरेर १०० रूपैयाँ भन्दा बढीको समान ल्याउनमा रोक, बढी ल्याए अनिवार्य महशुल तिर्नुपर्ने

भन्सार महसुल ऐन, २०८१ अनुसार व्यक्तिगत प्रयोजनका लागि ल्याइने सामानको मूल्य १०० रुपैयाँ नाघेमा त्यसमा कर तिर्नुपर्ने प्रावधान रहेको छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्न सशस्त्र प्रहरी बल र...
इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा

इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा

उनले झा महावाणिज्य दूतावास र कतार दूतावासको सम्पर्कमा रहेका छन् । उनलाई इरानबाट बाहिर ल्याउन काम भइरहेको पनि परराष्ट्रमन्त्री खनालले जानकारी दिए ।
जेनजी आन्दोलनः सुरक्षा संयन्त्रबारे अध्ययन गर्न उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन

जेनजी आन्दोलनः सुरक्षा संयन्त्रबारे अध्ययन गर्न उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन

सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति बनेको सरकारका प्रवक्ता ससित पोखरेलले जानकारी दिए ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद्‌को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो।