नेभिगेशन
मुख्य समाचार

छुरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमानद्वारा आत्महत्याको प्रयास

उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ किरात चोकमा धारिलो छुरा प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने श्रीमानले आत्महत्याको प्रयास गरेका छन् । 

आइतबार बिहान करिब ८ बजेको समयमा बेलका नगरपालिका–३ किरात चोक बस्ने ३० वर्षका खगेन्द्र राई र उनकी २७ वर्षीया श्रीमती भावना भनिने गंगा राईबीच आपसी विवाद हुँदा श्रीमानले छुरा प्रहार गर्दा गंगा राई गम्भीर घाइते भएकी थिइन्। घाइते अवस्थामै उपचारका लागि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) लगिएकोमा बिहान ९ बजेर ५० मिनेटमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

CG

छुरा प्रहारपछि श्रीमान खगेन्द्र राईले आफ्नै शरीरमा समेत छुरा प्रहार गरी आत्महत्याको प्रयास गरेको बताइएको छ। स्थानीयले देखेपछि तत्काल उपचारका लागि उनलाई पनि सोही अस्पताल पुर्‍याइएको थियो। हाल उनको उपचार प्रहरीको प्रत्यक्ष निगरानीमा भइरहेको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा खटिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
तिनिधिसभा निर्वाचन ५९ दिन बाँकीः आयोगले तोक्यो निर्वाचन अधिकृत

तिनिधिसभा निर्वाचन ५९ दिन बाँकीः आयोगले तोक्यो निर्वाचन अधिकृत

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय...
बालेन अब रास्वपाका वरिष्ठ नेता

बालेन अब रास्वपाका वरिष्ठ नेता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको वरिष्ठ नेताका रुपमा मनोनित भएका छन् । रास्वपाको आज बसेको बैठकले शाहलाई आमन्त्रित सदस्य सहित वरिष्ठ नेताकारुपमा मनोनित गरेको...