नेभिगेशन
मुख्य समाचार

विधान अनुसार विशेष महाधिवशेनको निर्णय गर्न महाधिवेशन पक्षधरद्वारा पार्टीको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीको विधान अनुसार विशेष महाधिवशेनको निर्णय गर्न पार्टीको ध्यानाकर्षण गराएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गर्दै उनीहरुले बैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय सच्चाएर पुषमा विशेष महाधिवशेनको निर्णय गर्न माग गरेका हुन् । कांग्रेस नेता देवराज चालिसेले नयाँ नीति र नेतृत्वका साथ पार्टीको पुननिर्माणका लागि विधान बमोजिम विशेष महाधिवेशन बोलाउन ध्यानाकर्षण गराइएको जानकारी दिए ।

CG

विशेष महाधिवेशन आह्वानका लागि यसअघि नै बहुमत सदस्यहरुले हस्तक्षर बुझाइएको र विशेष महाधिवेशनको विधानसम्बन्धी व्यवस्था कसैको रहर वा छनोटको विषय नभई बाध्यकारी रहेको स्मरण गराइएको उनले बताए । पौष १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनजस्तो गम्भीर विषयमा निर्णय लिँदा विधानको सर्वोपरितालाई स्वीकार गर्न नसकेको महसुस भएको उनले बताए ।

उनले विशेष महाधिवेशनको प्रस्ताव निस्क्रीय पार्नुको औचित्यबारे समेत प्रश्न गरिएको उल्लेख गरेका थिए । केन्द्रीय समिति तथा कार्यसम्पादन समितिका निर्णयहरू विधान अधीनस्थ नभएको समेत उनीहरुले आरोप लगाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ...
राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन आज

राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन आज

आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक...
राष्ट्रियसभामा तीन सिट लिने गरि अन्य दलसंग सहमति नभएको प्रचण्डको दावी

राष्ट्रियसभामा तीन सिट लिने गरि अन्य दलसंग सहमति नभएको प्रचण्डको दावी

मंगलबार पार्टी कार्यालय पेरिसडाडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीन वटा सिट लिने गरि अन्य दलसंग तालमेल गर्ने सहमति नभएको दावी गरेका हुन ।...
मन्त्रिपरिषद्को निर्णयः प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत

मन्त्रिपरिषद्को निर्णयः प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलका अनुसार बैठकले महालेखापरीक्षकको कार्यालय र त्यसअन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । सरकारले ऐक्यबद्धताका रूपमा ‘आप्रवासनका लागि अन्तरराष्ट्रिय सङ्गठन (आइओएम)...