नेभिगेशन
समाज

रवि लामिछानेले डा. स्वर्णिम वाग्लेलाई भने, ‘आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेखन सुरु गर्न भनेका छन् । नागरिक उन्मुक्ति पार्टी छोडेर रास्वपा प्रवेश गरेका नेताहरुलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा उनले रास्वपाको देश र विदेशमा छुट्टै माहोल बनेको बताएका हुन् । उनले भने, ‘आज देशभर र विदेशमा रहेका नेपालीहरुले जुन अन्दाज र उत्साह देखाउनुभएको छ, यो उत्साहलाई हेरेर यत्ति चाहीँ भन्न सक्छु–डा. स्वर्णिम वाग्ले यहाँ हुनुहुन्छ, डा. साहव आउने वर्षको बजेट लेख्न सुरु गुर्नुस् ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यो देशलाई निकास दिनको लागि नेता र पार्टीका तर्फबाट आफूहरुले गर्नुपर्ने सबै काम गर्ने बताए । तर जनताले भोट हाल्ने बेला हात कामउन नहुने उनको धारणा छ । ‘नेताका रुपमा, पार्टीका रुपमा हामीले के गर्नुपर्छ गछौँ । आफ्नो स्वार्थलाई अगाडि राखेर होइन, देशको स्वार्थलाई अगाडि राखेर । यो देशलाई निकास दिन, कुशासनको युगबाट बाहिर निकाल्न नेताका रुपमा गर्नुपर्ने काम हामी गछौँ ।’ उनले भने, ‘तर जनताको रुपमा तपाईँको हात नकामोस् ।’ 

Ncell
Extreme Energy

त्यस्तै उनले अहिले देश विदेशमा देखिएको दृश्य ट्रेलर मात्रै भएको बताए । ‘अहिले जे देखिएको छ यसलाई ट्रेलर मात्र मान्नुस् । सिनेमा त हामी पनि देखाउँछौँ । सिनेमा त रास्वपाले पनि देखाउँछ, तर प्रतिशोधपूर्ण होइन । प्रतिशोधको श्रृखलालाई मैले बिर्सिसकेको छु । मेरा मुद्दाहरु बाँकी नै छ । मलाई त्यसको प्रवाह हिजो थिएन, आज पनि छैन । भैरहवाको कालकोठरीभित्र राख्दा पनि भ्रष्टाचारीको सात्तो लिने क्षमता चाँही मैले कहिले पनि घटाइन ।’ 

उनले पार्टीमा गुटउपगुट, यसको मान्छे, त्यसको मान्छे भन्ने समय नरहेको पनि बताए । उनले पार्टीमा आएका नेताहरुलाई उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा रास्वपा, नाउपा र थरुहट थारुवान अभियन्ताबीच ९ बुँदे सहमति गरिएको थियो । सहमति पत्रमा रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल, नाउपाका तर्फबाट दामोदर पण्डित र थरुहट थारुवान अभियन्ताका रूपमा लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।