नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेले डा. स्वर्णिम वाग्लेलाई भने, ‘आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेखन सुरु गर्न भनेका छन् । नागरिक उन्मुक्ति पार्टी छोडेर रास्वपा प्रवेश गरेका नेताहरुलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा उनले रास्वपाको देश र विदेशमा छुट्टै माहोल बनेको बताएका हुन् । उनले भने, ‘आज देशभर र विदेशमा रहेका नेपालीहरुले जुन अन्दाज र उत्साह देखाउनुभएको छ, यो उत्साहलाई हेरेर यत्ति चाहीँ भन्न सक्छु–डा. स्वर्णिम वाग्ले यहाँ हुनुहुन्छ, डा. साहव आउने वर्षको बजेट लेख्न सुरु गुर्नुस् ।’ 

उनले यो देशलाई निकास दिनको लागि नेता र पार्टीका तर्फबाट आफूहरुले गर्नुपर्ने सबै काम गर्ने बताए । तर जनताले भोट हाल्ने बेला हात कामउन नहुने उनको धारणा छ । ‘नेताका रुपमा, पार्टीका रुपमा हामीले के गर्नुपर्छ गछौँ । आफ्नो स्वार्थलाई अगाडि राखेर होइन, देशको स्वार्थलाई अगाडि राखेर । यो देशलाई निकास दिन, कुशासनको युगबाट बाहिर निकाल्न नेताका रुपमा गर्नुपर्ने काम हामी गछौँ ।’ उनले भने, ‘तर जनताको रुपमा तपाईँको हात नकामोस् ।’ 

CG

त्यस्तै उनले अहिले देश विदेशमा देखिएको दृश्य ट्रेलर मात्रै भएको बताए । ‘अहिले जे देखिएको छ यसलाई ट्रेलर मात्र मान्नुस् । सिनेमा त हामी पनि देखाउँछौँ । सिनेमा त रास्वपाले पनि देखाउँछ, तर प्रतिशोधपूर्ण होइन । प्रतिशोधको श्रृखलालाई मैले बिर्सिसकेको छु । मेरा मुद्दाहरु बाँकी नै छ । मलाई त्यसको प्रवाह हिजो थिएन, आज पनि छैन । भैरहवाको कालकोठरीभित्र राख्दा पनि भ्रष्टाचारीको सात्तो लिने क्षमता चाँही मैले कहिले पनि घटाइन ।’ 

उनले पार्टीमा गुटउपगुट, यसको मान्छे, त्यसको मान्छे भन्ने समय नरहेको पनि बताए । उनले पार्टीमा आएका नेताहरुलाई उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा रास्वपा, नाउपा र थरुहट थारुवान अभियन्ताबीच ९ बुँदे सहमति गरिएको थियो । सहमति पत्रमा रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल, नाउपाका तर्फबाट दामोदर पण्डित र थरुहट थारुवान अभियन्ताका रूपमा लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन,...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ...
राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन आज

राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन आज

आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक...
राष्ट्रियसभामा तीन सिट लिने गरि अन्य दलसंग सहमति नभएको प्रचण्डको दावी

राष्ट्रियसभामा तीन सिट लिने गरि अन्य दलसंग सहमति नभएको प्रचण्डको दावी

मंगलबार पार्टी कार्यालय पेरिसडाडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीन वटा सिट लिने गरि अन्य दलसंग तालमेल गर्ने सहमति नभएको दावी गरेका हुन ।...