नेभिगेशन
मुख्य समाचार

म्याजिक नम्बर इधर उधर गर्ने पार्टीमा रमाउन चाहेनौँ, अब १५१ सिट ल्याएर निर्णायक शक्ति बन्छौँः डा. स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक कोर्सलाई नै बदल्ने हो भने झ्याल ढोका बन्द गरेर त्यो महानता हासिल गर्न सक्दैनौँ भन्ने निष्कर्ष पुगेपछि सबैलाई पार्टीमा स्वागत गरिएको बताएका छन् । नागरिक उन्मुक्ति पार्टी छोडेका नेताहरुलाई रास्वपामा स्वगत गर्दै डा. स्वर्णिम वाग्लले २१ सिट मात्रै हुँदा आफूहरुलाई न्याकेर भित्तामै पुर्याइएको बताए । 

उनले भने, ‘२१ बाट ५१ त आँखा चिम्लेर पनि पुगिन्थ्यो होला । ५१ बाट ७१ पनि पुगिन्थ्यो होला । ७१ बाट ९१ पनि पुगिन्थ्यो होला । तर च्याखे थाप्ने पार्टी, म्याजिक नम्बर इधर उधर गर्ने पार्टीमा हामी रमाउन चाहनौँ । हामी अब १५१ सिट ल्याएर, बहुमत ल्याएर यो देशको निर्णायक शक्ति र २१ औँ शताब्दी अनुकुल तमाम युवा वर्गको अकांक्षालाई बोक्ने एस्पिरेसनल सोसाइटीको विम्ब बन्न चाहन्छौँ ।’ 

CG

उनले सोही कारण ठूलो छाती गरेर बालेन्द्र शाहको समूह, कुलमान घिसिङको उज्यालो पार्टी, विकशिल साझा पार्टी, नयाँ शक्तिका धेरै अभियन्ताहरु हुँदै आज थरुवान् थारुहटसँग आवद्ध धेरै संघर्षशिल पात्रहरुलाई रास्वपामा निम्त्याएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माघे सङ्क्रान्ति नजिकिँदै गर्दा परम्परागत चाकु उत्पादकहरू ब्यस्त(तस्बिरहरु)

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा परम्परागत चाकु उत्पादकहरू ब्यस्त(तस्बिरहरु)

ललितपुरस्थित पाटनमा परम्परागत चाकु उत्पादन गर्ने सुरेन्द्र जोशीका अनुसार पर्वको रौनकसँगै बजारमा माग तीव्र बनेपछि कारखानामा उत्पादन चाप बढेको छ। उखुको रस, खाँड, घ्यू र नरिवल प्रयोग गरी...
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा बुधबार विहान उनीहरुबीचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन , समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको थियो । भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले...
राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन,...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ...