नेभिगेशन
समाज

म्याजिक नम्बर इधर उधर गर्ने पार्टीमा रमाउन चाहेनौँ, अब १५१ सिट ल्याएर निर्णायक शक्ति बन्छौँः डा. स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक कोर्सलाई नै बदल्ने हो भने झ्याल ढोका बन्द गरेर त्यो महानता हासिल गर्न सक्दैनौँ भन्ने निष्कर्ष पुगेपछि सबैलाई पार्टीमा स्वागत गरिएको बताएका छन् । नागरिक उन्मुक्ति पार्टी छोडेका नेताहरुलाई रास्वपामा स्वगत गर्दै डा. स्वर्णिम वाग्लले २१ सिट मात्रै हुँदा आफूहरुलाई न्याकेर भित्तामै पुर्याइएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘२१ बाट ५१ त आँखा चिम्लेर पनि पुगिन्थ्यो होला । ५१ बाट ७१ पनि पुगिन्थ्यो होला । ७१ बाट ९१ पनि पुगिन्थ्यो होला । तर च्याखे थाप्ने पार्टी, म्याजिक नम्बर इधर उधर गर्ने पार्टीमा हामी रमाउन चाहनौँ । हामी अब १५१ सिट ल्याएर, बहुमत ल्याएर यो देशको निर्णायक शक्ति र २१ औँ शताब्दी अनुकुल तमाम युवा वर्गको अकांक्षालाई बोक्ने एस्पिरेसनल सोसाइटीको विम्ब बन्न चाहन्छौँ ।’ 

Ncell
Extreme Energy

उनले सोही कारण ठूलो छाती गरेर बालेन्द्र शाहको समूह, कुलमान घिसिङको उज्यालो पार्टी, विकशिल साझा पार्टी, नयाँ शक्तिका धेरै अभियन्ताहरु हुँदै आज थरुवान् थारुहटसँग आवद्ध धेरै संघर्षशिल पात्रहरुलाई रास्वपामा निम्त्याएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।