नेभिगेशन
मुख्य समाचार

वीरगञ्जमा कर्फ्यू आदेश मंगलबार दिउसो १ः०० बजेसम्म थप

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू  आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु आदेश जारी गरेको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिए । “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमनाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरिएको छ”, उनले भने ।

CG

स्थानीय प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाएको छ ।

प्रजिअ दाहालले कफ्र्युका बेलामा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कनका लागि अनुरोध गरेका छन् । कफ्र्यु आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

उनले आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।
प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

उनी आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाउन सिंहदरवारबाट निस्किएका छन् ।
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

यस परिस्थितिमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न दुई हजार ४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिहरूले विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा त्यसको...
कञ्चनपुर २ मा रास्वपाबाट दिपक बोहरा उम्मेदवार बन्दै

कञ्चनपुर २ मा रास्वपाबाट दिपक बोहरा उम्मेदवार बन्दै

रविको पक्षमा हस्ताक्षर अभियानका संयोजक दीपक बोहरा कञ्चनपुर २ बाट उम्मेदवारका लागि एकल सिफारिस