नेभिगेशन
समाज

पर्साको सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम राख्न आह्वान

वीरगञ्ज । पर्साका राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठकले वीरगञ्ज महानगरमा देखिएको सामाजिक र धार्मिक आस्थासँग जोडिएको विषयलाई सामाजिक सद्भाव कायम गरेर अघि बढ्नुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको हो । नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पछिल्लो समय यहाँ देखिएको समस्यालाई दुवै समुदाय मिलेर टुङ्गाउनुपर्ने  धारणा व्यक्त गरे । “समाजमा आगो लगाउनु कुनै पक्षको हितमा हुँदैन । त्यसैले सबैले एकापसमा मिलेर सामाजिक सद्भाव कायम गर्नेतर्फ अग्रसर हुन जरुरी छ,” उनले भने, “सदियौँदेखि चल्दै आएको सद्भावलाई कायम राखेर शान्ति अमनचयन गर्न आह्वान गर्दछु ।” 

Ncell
Extreme Energy

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले हिन्दू पुरोहित र मुस्लिम धर्मगुरु मौलानाको अग्रसरतामा सामाजिक सद्भाव कायम गरेर यसको दीर्घकालीन समस्याको समाधान गर्नुपर्ने बताए । “वीरगञ्जमा विगत दुई÷चार वर्षदेखि देखिएको यो समस्या समाधान गर्नका लागि सबै पक्ष हातेमालो गरेर अघि बढ्न जरुरत भइसकेको छ,” उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले पनि हाल यहाँ देखिएको समस्या मौलिक नभएर अन्य कुनै ठाउँको सिको गर्ने प्रवृत्तिले पनि समस्या उब्जाउने गरेको गुनासो गरे । 

जनता समाजवादी पार्टी (जसपा)का युवा नेता तबरेज अहमदले विदेशी मुलुकमा भएको कुनै घटनामा आधारित भएर वीरगञ्जमा विरोध प्रदर्शन लगायतका गतिविधि गर्न नहुने धारणा व्यक्त गरे । “अन्य मुलुकमा भएका घटनामा आधारित भएर वीरगञ्जमा विभिन्न प्रकारमा विरोध र प्रदर्शनीका गतिविधि गर्दा यहाँ निकै अप्ठेरो परिरहेको छ,” उनले भने, “वीरगञ्जलाई शान्तिक्षेत्र कायम गर्न सबैसँग अनुरोध गर्दछु ।”

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सबै निकायसँग समन्वय र सहकार्य गरेर सामाजिक सद्भाव कायम गर्नेतर्फ अग्रसरता लिँदै आइरहेको बताए । “धार्मिक तथा सामाजिक युद्धले कसैलाई पनि फाइदा पुग्दैन । त्यसैले सबैले मिलेर एकताबद्ध हुन र शान्ति कायम गर्न सहयोग गर्न सबैलाई अनुरोध गर्दछु ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै