नेभिगेशन
समाज
रास्वपा-कुलमान एकता भङ्ग

बालेनले रविलाई भनेका थिए: म त थाकिसकेको हुँ

काठमाडौँ । एकता सहमति भएको १२ दिन पछि रास्वापा र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएको छ। शनिबार दुई पार्टीले एकता सहमतिबाट आफूूहरु पछाडी फर्किएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर सहमति तोडेर आआफ्नो बाटो लाग्नु अघिका दुई दिन दुवै पक्षबीच घनिभूत वार्ता र छलफल भएको रास्वपा नेताहरूले बताएका छन् । शुुक्रबार रास्वपा सभापति रवि लामिछाने निवासमा रविले कुलमानसँग एक्ला एक्लै तीन घण्टा सहमति कार्यन्वयनका लागि छलफल र वार्ता गरेका थिए ।

Ncell
Extreme Energy

तर, सो छलफलमा कुनै सहमति भएन ।  त्यस लगत्तै शनिवार रवि, बालेन र कुलमान एकता कार्यन्वयन गर्नका लागि वार्तामा बसेका थिए । तर, सो वार्ता पनि सकारात्मक हुन सकेन र दुवै पक्ष सहमतिबाट पछाडी फर्किए । 

रास्वपा सभापति रवि लामिछानेले सहमति प्रयास गर्दा कुलमान टसका मस नभएपछि शनिवारको वार्तामा रविले बालेनलाई समेत सहभागी गराएका थिए । तर, त्यस अघि रास्वपाका वरिष्ठ नेता बालेनले पार्टी समापति रविलाई कुलमानसँग बार्ता गरेर आफु यस अघि नै थाकिसकेको भन्दै छलफलमा बस्नुको अर्थ नै नभएको बताएका थिए । 

‘उहाँसँग सहमति नै हुन सक्दैन । म सहमतिको प्रयास गर्दा गर्दै पहिल्यै थाकिसकेको हुँ,’ कुलमानसागको एकता भंगबारे रास्वपा उच्च स्रोतले सिधाकुरासँग भन्यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

बागलुङको कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।
‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

प्रधानमन्त्री बालेन शाहले युद्धका लागि हतियार सहजै विश्वका विभिन्न ठाउँमा पुग्ने भए पनि किसानका लागि मल र इन्धनको आपूर्ति सहज हुन नसकेको भन्दै प्रश्न उठाएका छन्।
कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा पूर्वसचेतना अभियान सञ्चालन गरिएको छ ।