नेभिगेशन
सिधाकुरा विशेष
रास्वपा-कुलमान एकता भङ्ग

बालेनले रविलाई भनेका थिए: म त थाकिसकेको हुँ

काठमाडौँ । एकता सहमति भएको १२ दिन पछि रास्वापा र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएको छ। शनिबार दुई पार्टीले एकता सहमतिबाट आफूूहरु पछाडी फर्किएको बताएका छन् । 

तर सहमति तोडेर आआफ्नो बाटो लाग्नु अघिका दुई दिन दुवै पक्षबीच घनिभूत वार्ता र छलफल भएको रास्वपा नेताहरूले बताएका छन् । शुुक्रबार रास्वपा सभापति रवि लामिछाने निवासमा रविले कुलमानसँग एक्ला एक्लै तीन घण्टा सहमति कार्यन्वयनका लागि छलफल र वार्ता गरेका थिए ।

CG

तर, सो छलफलमा कुनै सहमति भएन ।  त्यस लगत्तै शनिवार रवि, बालेन र कुलमान एकता कार्यन्वयन गर्नका लागि वार्तामा बसेका थिए । तर, सो वार्ता पनि सकारात्मक हुन सकेन र दुवै पक्ष सहमतिबाट पछाडी फर्किए । 

रास्वपा सभापति रवि लामिछानेले सहमति प्रयास गर्दा कुलमान टसका मस नभएपछि शनिवारको वार्तामा रविले बालेनलाई समेत सहभागी गराएका थिए । तर, त्यस अघि रास्वपाका वरिष्ठ नेता बालेनले पार्टी समापति रविलाई कुलमानसँग बार्ता गरेर आफु यस अघि नै थाकिसकेको भन्दै छलफलमा बस्नुको अर्थ नै नभएको बताएका थिए । 

‘उहाँसँग सहमति नै हुन सक्दैन । म सहमतिको प्रयास गर्दा गर्दै पहिल्यै थाकिसकेको हुँ,’ कुलमानसागको एकता भंगबारे रास्वपा उच्च स्रोतले सिधाकुरासँग भन्यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
राष्ट्रिय युवा परिषद् केन्द्रीय सदस्यमा दृष्टिविहीन तारा न्यौपाने नियुक्त, मन्त्री गुप्ताले गराए शपथ

राष्ट्रिय युवा परिषद् केन्द्रीय सदस्यमा दृष्टिविहीन तारा न्यौपाने नियुक्त, मन्त्री गुप्ताले गराए शपथ

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार चार वर्षे कार्यकालका लागि परिषद्को केन्द्रीय सदस्यमा मनोनयन गरिएका न्यौपानेले युवा तथा खेलकुद मन्त्री बाब्लु गुप्ताबाट औपचारिक रूपमा सपथ ग्रहण गरेका हुन्...
तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

आज बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउण्डबाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्रबाहिरै...
रास्वपासँग ठूलो पद मागेको थिइनँः कुलमान घिसिङ

रास्वपासँग ठूलो पद मागेको थिइनँः कुलमान घिसिङ

‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ । म रास्वपाको साधारण सदस्य भएर...
रास्वपासँग कुलमानको महत्वकाङ्क्षी पाँच बार्गेनिङ,जसले एकता भङ्ग गरायो

रास्वपासँग कुलमानको महत्वकाङ्क्षी पाँच बार्गेनिङ,जसले एकता भङ्ग गरायो

उच्च स्रोतकाअनुसार कुलमानले आफूलाई रास्वपाको वरिष्ठ उपसभापति पद माग गरेका थिए । जबकी पुस १४ गते भएको सहमतिमा वर्णानुक्रमअनुसार उपसभापति त्रेयको नाम राखिएको थियो । सहमतिका बखत पनि...

भर्खरै