नेभिगेशन
समाज

नख्खुमा मिनी कन्टेनरबाट एक करोड ६७ लाख रुपैयाँ बरामद, तीन जना पक्राउ

काठमाडौँ । ललितपुरको नख्खु दोबाटोबाट प्रहरीले स्रोत नखुलेको एक करोड ६७ लाख रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ। नगद ओसारपसारमा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार विशेष सूचनाका आधारमा ललितपुर महानगरपालिका–४ स्थित नख्खु दोबाटो चोकमा मिनी कन्टेनर रोकेर खानतलासी गर्दा एक करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको हो।

Marvel
Extreme Energy

सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको महेन्द्र कम्पनीको मिनी कन्टेनरमा स्रोत नखुलेको उक्त रकम फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले कन्टेनरमा सवार तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँका ३२ वर्षीय जयराम केसी, भोजपुर नगरपालिका–३ घर भई हाल काठमाडौंकोटेश्वर बस्ने ३१ वर्षीय दीपक खड्का र काठमाडौं महानगरपालिका–१० बानेश्वर घर भई हाल बत्तीसपुतली बस्ने २९ वर्षीय प्रज्ज्वल रिजाल छन्।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत बरामद गरेको छ।

पक्राउ परेका तीनै जनालाई बरामद नगद, मिनी कन्टेनर र मोबाइलसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

लुम्बिनीका लागि निरोशन डिकवेलाले अर्धशतकीय पारी खेले । उनले २७ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाए । यस्तै, दिलिप नाथले अविजित १० तथा  कप्तान रोहितकुमार...
क्षमताभन्दा बढी सिट राखेर चलाइएका चार विद्युतीय गाडीलाई ४० हजार जरिवाना

क्षमताभन्दा बढी सिट राखेर चलाइएका चार विद्युतीय गाडीलाई ४० हजार जरिवाना

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चेकपोइन्टमा गरिएको सवारी जाँचका क्रममा दर्ता प्रमाणपत्रमा उल्लेखित क्षमताभन्दा बढी सिट जडान गरिएका चारवटा विद्युतीय गाडी फेला परेका हुन्।
काठमाडौँका सबै क्षेत्र २४ घण्टा खुला गर्नेबारे प्रशासनले गर्‍यो यस्तो निर्णय

काठमाडौँका सबै क्षेत्र २४ घण्टा खुला गर्नेबारे प्रशासनले गर्‍यो यस्तो निर्णय

जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै हाल दरबारमार्ग र ठमेल क्षेत्र चौबीसै घण्टा खुला गर्ने निर्णय कार्यान्वयनमा रहेको र अब काठमाडौं जिल्लाका अन्य क्षेत्रलाई समेत क्रमशः २४...
जब्दीघाट पुल निर्माणको अन्योल हट्यो, ४२ महिनाभित्र सक्ने लक्ष्य

जब्दीघाट पुल निर्माणको अन्योल हट्यो, ४२ महिनाभित्र सक्ने लक्ष्य

२०६८ सालमा ठेक्का सम्झौता भएर निर्माण सुरु भएको पुल हस्तान्तरण नहुँदै २०७४ सालमा भासिएको थियो। निर्माणमा भएको ढिलाइ र प्राविधिक समस्याका कारण रुग्ण बनेको आयोजनाको ठेक्का २०७९ सालमा...

भर्खरै