नेभिगेशन
समाज

क्षमताभन्दा बढी सिट राखेर चलाइएका चार विद्युतीय गाडीलाई ४० हजार जरिवाना

मकवानपुर । मकवानपुरमा १४ सिट क्षमताका गाडीमा थप चार–चार सिट जडान, प्रहरीकै रोहबरमा अतिरिक्त सिट हटाइयो

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं । सवारीसाधनको क्षमताभन्दा बढी यात्रु बोक्ने गरी अतिरिक्त सिट जडान गरेर सञ्चालन गरिएका चारवटा विद्युतीय गाडीलाई मकवानपुर प्रहरीले कारबाही गरेको छ।

Marvel
Extreme Energy

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चेकपोइन्टमा गरिएको सवारी जाँचका क्रममा दर्ता प्रमाणपत्रमा उल्लेखित क्षमताभन्दा बढी सिट जडान गरिएका चारवटा विद्युतीय गाडी फेला परेका हुन्।

बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय भीमफेदी र ट्राफिक प्रहरीसहितको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा ती गाडीमा क्षमताभन्दा बढी सिट राखिएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती गाडीको सवारी दर्ता किताबमा १४ सिट क्षमता उल्लेख थियो। तर, प्रत्येक गाडीमा थप चारवटा सिट जडान गरी १८ सिट क्षमतामा सञ्चालन गरिएको पाइएको थियो।

तोकिएको क्षमताभन्दा बढी सिट जडान गरी सवारी सञ्चालन गर्नु सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत भएकाले ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम कारबाही गरिएको प्रहरीले जनाएको छ।

कारबाहीस्वरूप चारवटै गाडीलाई प्रतिगाडी १० हजार रुपैयाँका दरले कुल ४० हजार रुपैयाँ जरिवाना गरिएको छ।

जरिवाना गर्नुका साथै स्थानीय सञ्चारकर्मीको रोहबरमा ती गाडीमा जडान गरिएका अतिरिक्त सिटसमेत हटाइएको छ।

कारबाहीमा परेका सवारीसाधनका नम्बर:
१. बा.प्र.०८-००१ ज ००४२
२. बा.प्र.०१-००२ ज ६२३९
३. बा.प्र.०१-००२ ज ७००६
४. बा.प्र.०१-००२ ज ६९८१  

क्षमताभन्दा बढी सिट जडान गर्दा सवारीसाधनमा यात्रुको चाप बढ्नुका साथै दुर्घटनाका बेला यात्रुको सुरक्षामा समेत जोखिम पुग्न सक्छ। प्रहरीले सवारीसाधनको प्राविधिक अवस्था र दर्ता प्रमाणपत्रमा उल्लेखित क्षमताअनुसार मात्रै सञ्चालन गर्न आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषित

पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषित

समस्यामुक्त घोषणा हुने पालिकामा बागलुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेका छन्।
अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी, एक लाखभन्दा बढीको क्षति

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी, एक लाखभन्दा बढीको क्षति

राति भएको घटनाबारे प्रहरीले आज बिहान मात्रै जानकारी पाएको थियो । घटनास्थलमा प्रहरी टोली पुग्दा दुवै वटा कुन्यू पूर्ण रूपमा जलिसकेका थिए भने आगो निभिसकेको थियो ।
भिमफेदी दुर्घटनाका पीडितलाई सभामुख अर्यालले भने– कानुनी व्यवस्था मिलाएर राहत दिन्छौँ

भिमफेदी दुर्घटनाका पीडितलाई सभामुख अर्यालले भने– कानुनी व्यवस्था मिलाएर राहत दिन्छौँ

“तीनै तहका सरकारसँग आवश्यक सहकार्य र समन्वय गरेर कानुनले गरेको व्यवस्थापछि पनि थप के हुन्छ, छलफलबाट निर्णय लिनेछौँ । उचित राहतको कानुनी व्यवस्था छैन भने पनि अन्य निकायबाट...
मुगुमा ६०० मिटर तल खस्यो जिप, तीन जनाको मृत्यु

मुगुमा ६०० मिटर तल खस्यो जिप, तीन जनाको मृत्यु

दुर्घटनामा घाइते भएका तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

भर्खरै