नेभिगेशन
समाज

फागुन २१ को निर्वाचनमा उम्मेदवारीका लागि नेकपा उदयपुरबाट १८ जनाको नाम सिफारिस

उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जिल्लाबाट १८ जनाको नाम सिफारिस गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको उम्मेदवार सिफारिस कार्यदलले जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो । कार्यदलका सदस्य द्रोण प्रसाद पौडेल निरजका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट १० जना र निर्वाचन क्षेत्र नम्बर २ बाट ८ जनाको नाम वर्णानुक्रमअनुसार सिफारिस गरिएको छ।

Ncell
Extreme Energy

निर्वाचन क्षेत्र नं. १ बाट सिफारिस हुनेमा अर्जुन तिल्सिना, किरण राई, जगनाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बू किराँती, मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार राई छन्। यता निर्वाचन क्षेत्र नं. २ बाट एविराज राई, जगनाथ खतिवडा, बलदेव चौधरी, भेषकुमारी राउत, मेजरकुमार राई, लक्ष्मण पौडेल, सुरेशकुमार राई र हेमराज दाहालको नाम सिफारिस गरिएको छ।

पार्टीका अनुसार जगनाथ खतिवडा, सुरेशकुमार राई र बलदेव चौधरीलाई दुवै निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको छ। नेकपा उदयपुरले उम्मेदवार सिफारिस प्रक्रियामा समावेशिता, संगठन सुदृढीकरण र जनसमर्थनलाई मुख्य आधार बनाएको कार्यदल सदस्य पौडेलको दाबी  छ। सिफारिस गरिएका नाममध्येबाट अन्तिम उम्मेदवार पार्टी केन्द्रीय समितिको निर्णयपछि टुंगो लाग्ने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् मन्त्रिपरिषद्ले गरेका ३ निर्णय

यी हुन् मन्त्रिपरिषद्ले गरेका ३ निर्णय

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा,...
प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भने : राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, अहिलेदेखि नै छुट्टै व्यवसाय सुरु गर्नुहोस्

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भने : राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, अहिलेदेखि नै छुट्टै व्यवसाय सुरु गर्नुहोस्

साथै, राजनीतिलाई पेसा नबनाइ आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्दै दीर्घकालीनरूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्नसमेत आग्रह गरे । उनले भने, “राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, त्यसैले सांसदहरू अरु...
पूर्वप्रधानसेनापतिदेखि बिभिन्न क्षेत्रका विज्ञहरु राजदूतका लागि सिफारिस, कसकाे पृष्ठभूमि कस्ताे ?

पूर्वप्रधानसेनापतिदेखि बिभिन्न क्षेत्रका विज्ञहरु राजदूतका लागि सिफारिस, कसकाे पृष्ठभूमि कस्ताे ?

अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाईको लागि पठाउने छ । संसदीय सुनुवाई सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ । अग्रिमा आएपछि...

भर्खरै