नेभिगेशन
मुख्य समाचार

फागुन २१ को निर्वाचनमा उम्मेदवारीका लागि नेकपा उदयपुरबाट १८ जनाको नाम सिफारिस

उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जिल्लाबाट १८ जनाको नाम सिफारिस गरेको छ।

पार्टीको उम्मेदवार सिफारिस कार्यदलले जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो । कार्यदलका सदस्य द्रोण प्रसाद पौडेल निरजका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट १० जना र निर्वाचन क्षेत्र नम्बर २ बाट ८ जनाको नाम वर्णानुक्रमअनुसार सिफारिस गरिएको छ।

CG

निर्वाचन क्षेत्र नं. १ बाट सिफारिस हुनेमा अर्जुन तिल्सिना, किरण राई, जगनाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बू किराँती, मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार राई छन्। यता निर्वाचन क्षेत्र नं. २ बाट एविराज राई, जगनाथ खतिवडा, बलदेव चौधरी, भेषकुमारी राउत, मेजरकुमार राई, लक्ष्मण पौडेल, सुरेशकुमार राई र हेमराज दाहालको नाम सिफारिस गरिएको छ।

पार्टीका अनुसार जगनाथ खतिवडा, सुरेशकुमार राई र बलदेव चौधरीलाई दुवै निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको छ। नेकपा उदयपुरले उम्मेदवार सिफारिस प्रक्रियामा समावेशिता, संगठन सुदृढीकरण र जनसमर्थनलाई मुख्य आधार बनाएको कार्यदल सदस्य पौडेलको दाबी  छ। सिफारिस गरिएका नाममध्येबाट अन्तिम उम्मेदवार पार्टी केन्द्रीय समितिको निर्णयपछि टुंगो लाग्ने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनः पुरानै विधानअनुसार निर्वाचन हुने

कांग्रेस विशेष महाधिवेशनः पुरानै विधानअनुसार निर्वाचन हुने

पार्टीको पुरानो विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्यको निर्वाचन हुने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

कांग्रेस विशेष महाधिवेशनका प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले केहीबेर अगाडि पत्रकार सम्मेलन गरी पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानका लागि पार्टी संस्थापनलाई स्वामित्व ग्रहण गर्न आग्रह गरेका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेताहरुद्वारा  शपथ ग्रहण (तस्बिरहरु)

नेपाली कम्युनिष्ट पार्टीका नेताहरुद्वारा  शपथ ग्रहण (तस्बिरहरु)

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल तथा केन्द्रीय सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेसको विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

सार्वजनिक कार्यतालिकामा दिउँसो १२ः३० बजे मतदाता नामावली प्रकाशन गर्ने र मतदाता नामावलीमाथिको दाबी विरोध र छानविन १ः३० बजेसम्म तोकिएको छ । त्यस्तै अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे,...