नेभिगेशन
सबै कुरा

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त न्यून भएको छ । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।

Ncell
Extreme Energy

अफगानिस्तानको भने यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा अफगानिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।  अफगानिस्तानले नेपाललाई जितको लागि  दुई  सय ६२ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८८ रनमा समेटियो । 


नेपालका लागि कुमालले सर्वाधिक ९१ रनको योगदान दिएता पनि त्यो जितको लागि पर्याप्त बन्न सकेन । अर्जुनले एक सय आठ बल खेल्दै १३ चौकाको मद्दतमा ९१ रनको योगदान गरेका हुन् । अर्जुनबाहेक अन्य कुनै पनि नेपाली खेलाडीले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् र अन्तत नेपाल पराजित हुन पुग्यो । 

नेपाली टोलीका कप्तान देव खनालले २४ रन बनाए भने गुल्शन झाले १७ रन जोडे । त्यस्तै दीपक बोहराले १५, दीपेश कँडेलले ११, सुवास भण्डारीले आठ तथा  उत्तम मगरले चार रन बनाए । नेपाललाई एक सय ८८ रनमा समेट्ने क्रममा  अफगानिस्तानका फरिदुन दावुदजाई र नसिर खानले समान तीन÷तीन विकेट लिए भने मोहम्मद युनिस जद्रानले दुई विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६१ रनको योगफल बनाएको थियो । अफगानिस्तानको लागि जाम्शिद जद्रानले शतक प्रहार गरे । उनले  एक सय ५२ बलमा आठ चौकासहित एक सय छ रनको योगदान  गरे । त्यस्तै नौमान साह अघाले ६० रन बनाए । उनले  ४१ बलमा पाँच चौका र तीन छक्कासहित ६० रन बनाएका हुन् ।


यसैगरी राहिमुल्लाह जुरमातीले ३५ रन बनाए भने वाफिउल्लाह ताराखिलले  १५ रन बनाए  । तेस्तै  खालिद तानिवाल १० रन बनाए । नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुवास भण्डारीले समान दुई÷दुई विकेट लिए भने दीपेश कँडेल र आकाश चन्दले समान एक एक विकेट लिए । अब नेपालले आफ्नो तेस्रो खेल यही मङ्सिर २६ गते भारतसँग खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तरराष्ट्रिय टी–२०...
एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

लुम्बिनीले आज उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ...
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा...