नेभिगेशन
सबै कुरा

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त न्यून भएको छ । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।

Ncell
Extreme Energy

अफगानिस्तानको भने यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा अफगानिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।  अफगानिस्तानले नेपाललाई जितको लागि  दुई  सय ६२ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८८ रनमा समेटियो । 


नेपालका लागि कुमालले सर्वाधिक ९१ रनको योगदान दिएता पनि त्यो जितको लागि पर्याप्त बन्न सकेन । अर्जुनले एक सय आठ बल खेल्दै १३ चौकाको मद्दतमा ९१ रनको योगदान गरेका हुन् । अर्जुनबाहेक अन्य कुनै पनि नेपाली खेलाडीले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् र अन्तत नेपाल पराजित हुन पुग्यो । 

नेपाली टोलीका कप्तान देव खनालले २४ रन बनाए भने गुल्शन झाले १७ रन जोडे । त्यस्तै दीपक बोहराले १५, दीपेश कँडेलले ११, सुवास भण्डारीले आठ तथा  उत्तम मगरले चार रन बनाए । नेपाललाई एक सय ८८ रनमा समेट्ने क्रममा  अफगानिस्तानका फरिदुन दावुदजाई र नसिर खानले समान तीन÷तीन विकेट लिए भने मोहम्मद युनिस जद्रानले दुई विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६१ रनको योगफल बनाएको थियो । अफगानिस्तानको लागि जाम्शिद जद्रानले शतक प्रहार गरे । उनले  एक सय ५२ बलमा आठ चौकासहित एक सय छ रनको योगदान  गरे । त्यस्तै नौमान साह अघाले ६० रन बनाए । उनले  ४१ बलमा पाँच चौका र तीन छक्कासहित ६० रन बनाएका हुन् ।


यसैगरी राहिमुल्लाह जुरमातीले ३५ रन बनाए भने वाफिउल्लाह ताराखिलले  १५ रन बनाए  । तेस्तै  खालिद तानिवाल १० रन बनाए । नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुवास भण्डारीले समान दुई÷दुई विकेट लिए भने दीपेश कँडेल र आकाश चन्दले समान एक एक विकेट लिए । अब नेपालले आफ्नो तेस्रो खेल यही मङ्सिर २६ गते भारतसँग खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...