नेभिगेशन
सबै कुरा

रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको प्रचण्डको औपचारिक जानकारी

काठमाडाैँ : प्रधानमन्त्री पुष्पकमल दाहाल  (प्रचण्ड)ले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको जानकारी आएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले दुई सयको संख्यामा नेपालीहरू रुसी सेनामा रहेको औपचारिक जानकारी आएको बताए।

Ncell
Extreme Energy

उनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेर २ सय नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी कार्य भइरहेको बताए । त्यस्तै उनले कोही रुसी सेना र कोही युक्रेनी सेनाको कब्जामा रहेको समेत जानकारी दिए ।  

‘रुसी सेनामा पनि नेपाली युवाहरू गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो ।’, उनले थपे, ‘अब २ सय भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ । त्यो परिस्थिति सामना गर्नुपरेको छ । कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौँ ।’

त्यस्तै उनले इजरायलमा भएको हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको उद्दारका लागि आफूहरु अन्तिम प्रक्रियातिर रहेको समेत जानकारी गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।