नेभिगेशन
सबै कुरा

रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको प्रचण्डको औपचारिक जानकारी

काठमाडाैँ : प्रधानमन्त्री पुष्पकमल दाहाल  (प्रचण्ड)ले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको जानकारी आएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले दुई सयको संख्यामा नेपालीहरू रुसी सेनामा रहेको औपचारिक जानकारी आएको बताए।

Ncell
Extreme Energy

उनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेर २ सय नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी कार्य भइरहेको बताए । त्यस्तै उनले कोही रुसी सेना र कोही युक्रेनी सेनाको कब्जामा रहेको समेत जानकारी दिए ।  

‘रुसी सेनामा पनि नेपाली युवाहरू गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो ।’, उनले थपे, ‘अब २ सय भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ । त्यो परिस्थिति सामना गर्नुपरेको छ । कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौँ ।’

त्यस्तै उनले इजरायलमा भएको हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको उद्दारका लागि आफूहरु अन्तिम प्रक्रियातिर रहेको समेत जानकारी गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...