नेभिगेशन
सबै कुरा

सूर्तिजन्य पदार्थकोे नियन्त्रणका लागि पोसाक र सादा पोसाकका नगरप्रहरी परिचालन गर्ने महानगरको तयारी

काठमाडौँं : काठमाडौँं महानगरपालिकाले महानगरभित्र सूर्तिजन्य पदार्थकोे नियन्त्रणका लागि बिभिन्न चार क्षेत्रमा १० जनाका दरले नगरप्रहरी परिचालन गर्ने बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरको उक्त निर्णयको अनुगमनका लागि पहिलो चरणमा ५० जना नगर प्रहरी परिचालन गरिने साथै सादा पोसाकमा समेत नगर प्रहरी परिचालन गरिने महानगरले बताएको छ । 

Ncell
Extreme Energy

महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै मंसिर २८ गते बिहीबारबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा प्रतिवन्ध लगाएको जनाएको हो । उक्त प्रतिबन्ध कार्यान्वयन गराउँन महानगरले नगरका विभिन्न ४ क्षेत्रमा १० जनाका दरले महानगर प्रहरी परिचालन गर्ने बताएको छ । 

सूर्तिजन्य पदार्थकोे नियन्त्रणका लागि पसलमा नियमित अनुगमन गर्ने र सुर्तिजन्य पदार्थ बिक्री गरेको पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटकमा पसल बन्द गरिने महानगरले जनाएको छ ।

त्यस्तै सार्वजनिक स्थलबाट धुम्रपान गरे त्यहाँबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना तोकेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । 

महानगरले काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ र सूर्तिजन्य पदार्थ (निरुपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार सूर्तिजन्य पदार्थकोे नियन्त्रण गर्न खोजिएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...