नेभिगेशन
सबै कुरा

सूर्तिजन्य पदार्थकोे नियन्त्रणका लागि पोसाक र सादा पोसाकका नगरप्रहरी परिचालन गर्ने महानगरको तयारी

काठमाडौँं : काठमाडौँं महानगरपालिकाले महानगरभित्र सूर्तिजन्य पदार्थकोे नियन्त्रणका लागि बिभिन्न चार क्षेत्रमा १० जनाका दरले नगरप्रहरी परिचालन गर्ने बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरको उक्त निर्णयको अनुगमनका लागि पहिलो चरणमा ५० जना नगर प्रहरी परिचालन गरिने साथै सादा पोसाकमा समेत नगर प्रहरी परिचालन गरिने महानगरले बताएको छ । 

Ncell
Extreme Energy

महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै मंसिर २८ गते बिहीबारबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा प्रतिवन्ध लगाएको जनाएको हो । उक्त प्रतिबन्ध कार्यान्वयन गराउँन महानगरले नगरका विभिन्न ४ क्षेत्रमा १० जनाका दरले महानगर प्रहरी परिचालन गर्ने बताएको छ । 

सूर्तिजन्य पदार्थकोे नियन्त्रणका लागि पसलमा नियमित अनुगमन गर्ने र सुर्तिजन्य पदार्थ बिक्री गरेको पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटकमा पसल बन्द गरिने महानगरले जनाएको छ ।

त्यस्तै सार्वजनिक स्थलबाट धुम्रपान गरे त्यहाँबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना तोकेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । 

महानगरले काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ र सूर्तिजन्य पदार्थ (निरुपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार सूर्तिजन्य पदार्थकोे नियन्त्रण गर्न खोजिएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।