नेभिगेशन
सबै कुरा

महानगर भन्छ, 'खुल्ला चुरोट बेच्न नपाइने तर प्याकेटनै भने बेच्न पाइने' (भिडियाेसहित)

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगर भित्र खुल्ला सुर्तिजन्य पदार्थको बिक्रिवितरणमा रोक लगाएको छ तर चुरोटको हकमा भने फरक नियम छ । महानगरले चुरोटको प्याकेटनै भने बिक्रिवितरणमा बन्द नगरिएको बताएको छ  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै मंसिर २८ गते बिहीबारबाट खुल्ला सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा प्रतिवन्ध लगाएको जनाएको हो । महानगरका प्रवक्त नविन मानन्धरले चुरोटको प्याकेट बेच्न भने रोक नलगाएको बताएका छन् ।

Extreme Energy
citizen life

‘बाटोमा खुल्ला चुरोट बेचिने भन्ने कुरा आएको छ । त्यो त अब पाइँदै पाइँदैन । तर चुरोटको सन्दर्भमा भने प्याकेटको चुरोट बेच्न पाइने भएको हुँदा त्यो चाहिँ बेच्न पाइयो ।’ उनले थपे, ‘यो नियम पसलमा बेच्नेको हक र नाङ्लोमा बेच्नेको हकमा पनि लागू हुनेछ  ।’


त्यस्तै उनले उक्त प्रतिबन्ध कार्यान्वयन गराउन महानगरले नगरका विभिन्न ४ क्षेत्रमा १० जनाका दरले महानगर प्रहरी परिचालन गर्ने बताएको छ । 

महानगरको उक्त निर्णयको अनुगमनका लागि पहिलो चरणमा ५० जना नगर प्रहरी परिचालन गरिने साथै सादा पोसाकमा समेत नगर प्रहरी परिचालन गरिने महानगरले बताएको छ । 

सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि पसलमा नियमित अनुगमन गर्ने र सुर्तिजन्य पदार्थ बिक्री गरेको पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटकमा पसल बन्द गरिने महानगरले जनाएको छ ।

त्यस्तै सार्वजनिक स्थलबाट धुम्रपान गरे त्यहाँबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना तोकेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । 

महानगरले काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ र सूर्तिजन्य पदार्थ (निरुपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार सूर्तिजन्य पदार्थकोे नियन्त्रण गर्न खोजिएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ सभापति थापा

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ सभापति थापा

उनले लोकतन्त्रमा कानुनी वैधता नहेरेर नैतिक वैधतालाई हेर्नुपर्नेमा जोड दिए । “हिजो कांग्रेस सरकारमा रहँदा संवैधानिक परिषद्मा आफ्नो अनुकूलताको निर्णय गराउन तत्कालीन उपसभामुखमाथि महाअभियोग प्रस्ताव लगाउन तयारी गरिएको...
पार्टीको कार्यक्रमबारे भ्रामक टिप्पणी गरेपछि आशिका तामाङलाई स्पष्टिकरण सोध्ने तयारी

पार्टीको कार्यक्रमबारे भ्रामक टिप्पणी गरेपछि आशिका तामाङलाई स्पष्टिकरण सोध्ने तयारी

तामाङले टिप्पणी गरेजस्तो रास्वपाले कार्यक्रम आयोजना गरेको उक्त हल फाइभ स्टार होटलको नभएको रास्वपाका ति नेताको भनाई छ । ‘कार्यक्रम आयोजना गरिएको ठाउँ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हल...
सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैनः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैनः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनाको निजी क्षेत्र साझेदार रहेको पनि बताए । कार्यक्रममा बोल्दै उनले सरकारका पाँच प्राथमिकताहरू बारे पनि प्रस्ट्याए...
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य...

भर्खरै