नेभिगेशन
समाज

बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो

बैतडी । बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन बैतडीले इजाजत प्राप्त सबै हातहतियार र गोलीगठ्ठा फिर्ता बुझाउन आग्रह गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही सूचना बमोजिम अहिलेसम्म ३८७ नाल भरुवाबन्दुक सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बल्देव बडूले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले प्रहरी परिचालन र सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरी बन्दुक सङ्कलन गरिएको उनले बताए ।

Ncell
Extreme Energy

प्रशासनले माघ ६ गते सूचना प्रकाशित गर्दै माघ २० गतेसम्म इजाजत प्राप्त हातहतियार फिर्ता गरिसक्नुपर्ने उल्लेख गरेको भए पनि सबै हातहतियार फिर्ता गरिएको छैन । निर्वाचन सुरक्षालाई अवस्थालाई मध्यनजर गर्दै विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन सूचनामार्फत आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी विनोद भट्टराईले जानकारी दिए ।

यसअघि तोकिएको मितिसम्म इजाजत प्राप्त हातहतियार नबुझाएपछि माघ मसान्तसम्म म्याद थप गरिएको उनले बताए । “बैतडीमा हातहतियारका लागि एक हजार ८६ इजाजत वितरण गरिएको छ”, सूचना अधिकारी थापाले भने, “तिमध्ये चालु आर्थिक वर्षमा ४५२ ले मात्रै इजाजत नवीकरण गराएका छन् ।” सङ्कलित बन्दुक निर्वाचन अवधिभर सुरक्षित रूपमा राखिने र निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

विसं २०७० जेठ ५ गते सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर हुँदै आएको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि वाग्मती...
लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री खड्गराज अधिकारी ९गणेश० पौडेलको उपस्थितिमा विशेष धार्मिक विधिअनुसार गुम्बा...
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

गत चैतमा करिब एक महिनाभर रातको समयमा पूर्णतः आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर दुई दशमलव पाँच किमी सडक कालोपत्र डिबिएम(पीच) को काम गरिएको थियो ।
मैदान छोडेर भाग्नेहरुप्रति मेरो कुनै टिप्पणी छैन्ः राजेन्द्र लिङ्देन

मैदान छोडेर भाग्नेहरुप्रति मेरो कुनै टिप्पणी छैन्ः राजेन्द्र लिङ्देन

शनिबार काठमाडौं आयोजित राप्रपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विगतमा झैँ अहिले पनि राप्रपामाथि देशीविदेशी शक्तिहरूको घेराबन्दी भइरहेको अवस्थामा मैदान छोडेर भाग्नेहरुप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका...