नेभिगेशन
समाज

कैलालीमा विद्युतीय धरापमा परेर तीन जना घाइते, आशंकामा एक जना पक्राउ

काठमाडौँ । कैलालीमा विद्युतीय धराप थापेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

शनिवार राति धनगढी उपमहानगरपालिका–१७, डमौलियाका स्थानीय तेज खत्री, चन्द्रा देवी ओली  र श्याम साउँद  विद्युतीय धरापमा परेर घाइते भएका थिए । सो घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । विद्युतीय धराप किन ? र कुन प्रयोजनका लागि थापिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धनगढी उपमहानगरपालिका–१७, डमौलियाका पदम बहादुर साउँदका छोरा शनिवार बेलुका अवेरसम्म घर नफर्किएपछि पछि उनको खोजिकार्यका लागि स्थानीयहरू जङ्गलतिर गएका बेला जङ्गलमा थापेको विद्युतीय धरापमा परेर स्थानीय तीन जना घाइते भएका थिए । 

Ncell
Extreme Energy

त्यस्तै विद्युतीय धरापमा परेर घाइते भएका तीनै जनाको धनगढीस्थित कैलाली मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता घटनापछि घाइतेका आफन्तले विद्युतीय धराप थाप्ने गिरोहको तत्काल खोजिकार्य गरेर संलग्न दोषीलाई कडा सजाय दिन प्रहरीलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले आज एक विज्ञप्तिमार्फत मुख्यमन्त्री शाहले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा आजैदेखि लागू हुने...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

केन्द्रीयस्तरमा भएको सहमति अनुसार यस प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमालेबीच सत्ता सहकार्य गर्ने तयारी छ । प्रदेशसभामा ठूलो दलको हैसियतमा नेकपाले सरकारको नेतृत्व गर्ने यसअघि नै...
राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

२०८१ फागुनमा राजसंस्था समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई यसैगरी विमानस्थलमा स्वागत गरेका थिए । ज्ञानेन्द्रले पनि यसैगरी अभिवादन फर्काएका थिए ।  त्यतिबेला राजसंस्था समर्थक यति उत्साहित थिए कि, त्यसको अर्को...
लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

'आईजीपी साबको घरमा चोरी भएको छ । त्यो चोरी भएको हो कि होइन ? आईजीपीको घरबाट तीन करोड चोरी भयो, चोरीमा संलग्न मान्छेलाई प्रहरीको विशेष ब्यूरोमा लगेर यातना...