नेभिगेशन
समाज

रवि लामिछानेले धनगढीमा भनेका मुख्य कुरा

धनगढी । रास्वपाले धनगढीमा आयोजना गरेको चुनावी सभामा सभापति रवि लामिछानेले ऐतिहासिक अवसरलाई सदुपयोग गर्न मतदातालाई आग्रह गरेका छन् ।

उनले भने, देशका लागि अब एकसाथ हिँड्नुपर्छ भनेर रवि बालेनहरू भोलि आउँछन् आउँदैनन् मलाई थाहा छैन।अहिले आएका छन्। यसलाई राष्ट्रिय अवसर र उत्सव बनाउनुपर्छ। म यति भन्न आएको हुँ। 
यो सँगै लामिछानले मतदातालाई मत नबाड्न पनि आग्रह गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेले भारतमा रहेका सुदूरपश्चिमका जनतालाई यसपालि जसरी भए पनि मतदान गर्न उपस्थित गर्न उनले अनुरोध गरे। 
उनले भने'भारतमा काम गरिरहनुभएका सुदूरपश्चिमका दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध छ। परदेशको भूमिमा सजिलो छैन। कामको चापाचाप छ परिवार पाल्नुपर्ने बाध्यता छ। तर छुट्टि मिलाएरै भए पनि भोट हाल्न आउनुहोला। देश बदल्नुपर्ने छ।
यसपालिको चुनाव अघिल्ला चुनावहरू भन्दा फरक रहेको उनको भनाइ थियो। 

Ncell
Extreme Energy

चुनाव पहिला पनि भएको हो। कुनै न कुनै नेताले सँधै जितेकै हो। तर सधैँ नेताले जिते जनताले कहिल्यै जितेनन्। यसपालि जनता जिताउने हो, उनले भने, व्यक्तिगत हिसाब हामीलाई केही भन्नु छैन। इतिहास बदल्ने सोच लिएर आएका छौ। मेरो राजनीतिक आकांक्षा अरू कसैको राजनीतिक आकांक्षा ठूलो कुरो होइन देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर हामी यसपालि आएका छौं।

सुदूरपश्चिमका मतदातालाई  उनले यसपालि मत नबाँढ्न अनुरोध गरे। 
उनले भने पुराना राजनीतिक दलहरूप्रति आस्थावान साथीहरु पनि हुनुहोला। तपाईंका पार्टीका लागि तपाईंको निष्ठालाई म सम्मान गर्छु। तर देशको अस्तित्व जोगाउने बेलामा, देशलाई ऐतिहासिक योगदान दिनुपर्ने बेलामा तपाईंले कुनै  दिन भन्न पाउनुहुनेछ कि यो देशको परिवर्तनमा मेरो पनि लगानी छ। मेरो पनि भोट छ यो त्यही बेला हो। 

उनले रास्वपामा रवि र बालेन एक ठाउँमा उभिएको ऐतिहासिक अवसरलाई सदुपयोग गर्न पनि मतदाताहरूलाई अनुरोध गरे। 

अरू दल र रास्वपा पनि भोलि के हुन्छ म भन्न सक्दिनँ  तर आफ्नै हालतले इतिहास लेख्ने यो अवसर यो देशले फेरि कहिले पाउँछ पाउँदैन थाहा छैन। त्यसकारण यो अवसर ऐतिहासिक हो। देशका लागि अब एकसाथ हिँड्नुपर्छ भनेर रवि बालेनहरू भोलि आउँछन् आउँदैनन् मलाई थाहा छैन।अहिले आएका छन्। यसलाई राष्ट्रिय अवसर र उत्सव बनाउनुपर्छ। म यति भन्न आएको हुँ, सभापति लामिछानेले भने। 

लामिछानेले मतदातालाई सचेत हुन पनि अनुरोध गरे। 
यिनिहरू आए भने गरिबको वस्तीमा डोजर लगाउँछन् भनेर तपाईंको भोट चोर्न आउलान्। तिनलाई ३५र३५ वर्षसम्म हाम्रो सपनामा डोजर कसले चलायो भनेर सोध्नुस्, सभापति लामिछानेले भने, डोजर उनीहरूले चलाएका हुन्। हामी बनाउन भनेर आएका हौं। बनाउछौं, गर्छौं र सक्छौं।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले आज एक विज्ञप्तिमार्फत मुख्यमन्त्री शाहले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा आजैदेखि लागू हुने...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

केन्द्रीयस्तरमा भएको सहमति अनुसार यस प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमालेबीच सत्ता सहकार्य गर्ने तयारी छ । प्रदेशसभामा ठूलो दलको हैसियतमा नेकपाले सरकारको नेतृत्व गर्ने यसअघि नै...
राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

२०८१ फागुनमा राजसंस्था समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई यसैगरी विमानस्थलमा स्वागत गरेका थिए । ज्ञानेन्द्रले पनि यसैगरी अभिवादन फर्काएका थिए ।  त्यतिबेला राजसंस्था समर्थक यति उत्साहित थिए कि, त्यसको अर्को...
लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

'आईजीपी साबको घरमा चोरी भएको छ । त्यो चोरी भएको हो कि होइन ? आईजीपीको घरबाट तीन करोड चोरी भयो, चोरीमा संलग्न मान्छेलाई प्रहरीको विशेष ब्यूरोमा लगेर यातना...