नेभिगेशन
समाज

रवि लामिछानेले धनगढीमा भनेका मुख्य कुरा

धनगढी । रास्वपाले धनगढीमा आयोजना गरेको चुनावी सभामा सभापति रवि लामिछानेले ऐतिहासिक अवसरलाई सदुपयोग गर्न मतदातालाई आग्रह गरेका छन् ।

उनले भने, देशका लागि अब एकसाथ हिँड्नुपर्छ भनेर रवि बालेनहरू भोलि आउँछन् आउँदैनन् मलाई थाहा छैन।अहिले आएका छन्। यसलाई राष्ट्रिय अवसर र उत्सव बनाउनुपर्छ। म यति भन्न आएको हुँ। 
यो सँगै लामिछानले मतदातालाई मत नबाड्न पनि आग्रह गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेले भारतमा रहेका सुदूरपश्चिमका जनतालाई यसपालि जसरी भए पनि मतदान गर्न उपस्थित गर्न उनले अनुरोध गरे। 
उनले भने'भारतमा काम गरिरहनुभएका सुदूरपश्चिमका दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध छ। परदेशको भूमिमा सजिलो छैन। कामको चापाचाप छ परिवार पाल्नुपर्ने बाध्यता छ। तर छुट्टि मिलाएरै भए पनि भोट हाल्न आउनुहोला। देश बदल्नुपर्ने छ।
यसपालिको चुनाव अघिल्ला चुनावहरू भन्दा फरक रहेको उनको भनाइ थियो। 

Ncell
Extreme Energy

चुनाव पहिला पनि भएको हो। कुनै न कुनै नेताले सँधै जितेकै हो। तर सधैँ नेताले जिते जनताले कहिल्यै जितेनन्। यसपालि जनता जिताउने हो, उनले भने, व्यक्तिगत हिसाब हामीलाई केही भन्नु छैन। इतिहास बदल्ने सोच लिएर आएका छौ। मेरो राजनीतिक आकांक्षा अरू कसैको राजनीतिक आकांक्षा ठूलो कुरो होइन देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर हामी यसपालि आएका छौं।

सुदूरपश्चिमका मतदातालाई  उनले यसपालि मत नबाँढ्न अनुरोध गरे। 
उनले भने पुराना राजनीतिक दलहरूप्रति आस्थावान साथीहरु पनि हुनुहोला। तपाईंका पार्टीका लागि तपाईंको निष्ठालाई म सम्मान गर्छु। तर देशको अस्तित्व जोगाउने बेलामा, देशलाई ऐतिहासिक योगदान दिनुपर्ने बेलामा तपाईंले कुनै  दिन भन्न पाउनुहुनेछ कि यो देशको परिवर्तनमा मेरो पनि लगानी छ। मेरो पनि भोट छ यो त्यही बेला हो। 

उनले रास्वपामा रवि र बालेन एक ठाउँमा उभिएको ऐतिहासिक अवसरलाई सदुपयोग गर्न पनि मतदाताहरूलाई अनुरोध गरे। 

अरू दल र रास्वपा पनि भोलि के हुन्छ म भन्न सक्दिनँ  तर आफ्नै हालतले इतिहास लेख्ने यो अवसर यो देशले फेरि कहिले पाउँछ पाउँदैन थाहा छैन। त्यसकारण यो अवसर ऐतिहासिक हो। देशका लागि अब एकसाथ हिँड्नुपर्छ भनेर रवि बालेनहरू भोलि आउँछन् आउँदैनन् मलाई थाहा छैन।अहिले आएका छन्। यसलाई राष्ट्रिय अवसर र उत्सव बनाउनुपर्छ। म यति भन्न आएको हुँ, सभापति लामिछानेले भने। 

लामिछानेले मतदातालाई सचेत हुन पनि अनुरोध गरे। 
यिनिहरू आए भने गरिबको वस्तीमा डोजर लगाउँछन् भनेर तपाईंको भोट चोर्न आउलान्। तिनलाई ३५र३५ वर्षसम्म हाम्रो सपनामा डोजर कसले चलायो भनेर सोध्नुस्, सभापति लामिछानेले भने, डोजर उनीहरूले चलाएका हुन्। हामी बनाउन भनेर आएका हौं। बनाउछौं, गर्छौं र सक्छौं।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...