नेभिगेशन
सबै कुरा

रुस युक्रेन युद्धमा संलग्न नेपालीको उद्धार गर्न मानव अधिकार आयोगको सरकारलाई आग्रह

काठमाडाैंँ : राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेन युद्धमा संलग्न नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको  छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार एक विज्ञप्ती निकाल्दै आयोगले रुस युक्रेन युद्धमा नेपालीहरु संलग्न रहेका साथै केही घाइते र मृत्यु समेत भइसकेका कारण उनीहरुको तत्काल उद्धार गर्न आग्रह गरको छ । 

Ncell
Extreme Energy

त्यस्तै आयोगले नेपालीहरु जस्तो अवस्थामा भएपनि मानव अधिकारको संरक्षण गर्नु र उद्धार गर्नु सरकारको कर्तव्य भएका कारण उनीहरुको तत्काल उद्धारगर्न आग्रह गरेको छ ।  ‘नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ ।’, विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै आयोगले मृतकलाई स्वदेश ल्याएर रितिपूर्वक संस्कार गर्न कुटनीतिक पहल गर्नुपर्ने साथै मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।