नेभिगेशन
समाज

सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

काठमाडौँ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी सुदूरपश्चिम प्रदेशमा तीव्र रूपमा भइरहेको छ ।

१६ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन, निर्वाचन सामाग्री ढुवानी र मतपत्र निर्वाचन अधिकृतको कार्यालय पुर्‍याउने काम भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले यहाँका सबै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र नेपाली सेनाको सुरक्षा पहरामा पुर्‍याइसकेको जानकारी दिए । “५१ प्रकारका निर्वाचन सामग्रीहरू निर्वाचन कार्यालयमा ढुवानी गर्ने काम भइरहेको छ,” निर्वाचन कार्यालय प्रमुख भट्टले भने, “कर्मचारी खटनपटनदेखि तालिम सञ्चालन भइरहेका छन् ।” उनले कैलालीमा मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिइएको जानकारी दिए ।

Ncell
Extreme Energy

त्यसैगरी, निर्वाचन सुरक्षा केन्द्रित फौज परिचालनको काम पनि यहाँ भइरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओम रानाले पहाडी जिल्लाहरूमा पनि थप प्रहरी परिचालन भइसकेको जानकारी दिए । “प्रहरीदेखि निर्वाचन प्रहरी खटनपटन भइसकेको छ,” उनले भने, “शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने कार्यमा प्रहरी सक्रिय छ ।”

सुदूरपश्चिम प्रदेशभरि नेपाल प्रहरीतर्फ साढे सात हजार र सशस्त्र प्रहरी बल नेपालतर्फ पाँच हजारभन्दा बढी प्रहरी परिचालन भएको छ भने यहाँ नेपाली सेनाले पनि आफ्नो सक्रियता बढाउँदै विमानस्थल र कारागार सुरक्षाको जिम्मा सेनाले लिइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...