नेभिगेशन
समाज

सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

काठमाडौँ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी सुदूरपश्चिम प्रदेशमा तीव्र रूपमा भइरहेको छ ।

१६ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन, निर्वाचन सामाग्री ढुवानी र मतपत्र निर्वाचन अधिकृतको कार्यालय पुर्‍याउने काम भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले यहाँका सबै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र नेपाली सेनाको सुरक्षा पहरामा पुर्‍याइसकेको जानकारी दिए । “५१ प्रकारका निर्वाचन सामग्रीहरू निर्वाचन कार्यालयमा ढुवानी गर्ने काम भइरहेको छ,” निर्वाचन कार्यालय प्रमुख भट्टले भने, “कर्मचारी खटनपटनदेखि तालिम सञ्चालन भइरहेका छन् ।” उनले कैलालीमा मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिइएको जानकारी दिए ।

Ncell
Extreme Energy

त्यसैगरी, निर्वाचन सुरक्षा केन्द्रित फौज परिचालनको काम पनि यहाँ भइरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओम रानाले पहाडी जिल्लाहरूमा पनि थप प्रहरी परिचालन भइसकेको जानकारी दिए । “प्रहरीदेखि निर्वाचन प्रहरी खटनपटन भइसकेको छ,” उनले भने, “शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने कार्यमा प्रहरी सक्रिय छ ।”

सुदूरपश्चिम प्रदेशभरि नेपाल प्रहरीतर्फ साढे सात हजार र सशस्त्र प्रहरी बल नेपालतर्फ पाँच हजारभन्दा बढी प्रहरी परिचालन भएको छ भने यहाँ नेपाली सेनाले पनि आफ्नो सक्रियता बढाउँदै विमानस्थल र कारागार सुरक्षाको जिम्मा सेनाले लिइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

श्रेष्ठ बुधबार ललितपुरबाट पक्राउ परेका थिए । वैयत्तिक गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध

बा.प्र.०१–००२ ज ९५८८ नम्बरको ईभी माइक्रोले पैदल हिँडिरहेका स्थानीय ७० वर्षीय शंखर प्रसाद कुइँकेललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कुइँकेलको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा...
नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पाँचौँ अधिवेशनका नाममा व्यापारीहरूसँग चन्दा असुल्न थालेको छ ।