नेभिगेशन
नेताका कुरा

रबिना खानको 'प्रेसर कुकर': राज्य र पार्टीले गरेको अन्यायविरुद्ध पालैपालो

पहिले राज्यले गरेको अन्यायविरुद्ध प्रेसर कुकर बोकिन्, अहिले पार्टीले गरेको अन्यायविरुद्ध प्रेसर कुकर नै बोक्दैछिन्

कपिलवस्तु। सिधाकुराको ग्राउण्ड जिरो रिपोर्टिङ टिम कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित पकडीबजार पुग्दा भेटिइन्– रबिना खान, जो स्वतन्त्र उम्मेदवारका रुपमा प्रेसर कुकरमा स्थानीयहरुसँग भोट माग्दै थिइन्।

३३ वर्षीया रबिनालाई केही साथीहरुले सघाइरहेका थिए। साथीहरुभन्दा अगाडि सरेर रबिनाले स्थानीयसँग भोट माग्थिन्– म पार्टीको होइन, स्वतन्त्र, महिला र जनताको उम्मेदवार।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भोट मागिरहेको दृष्य सिधाकुराको क्यामेराले रेकर्ड गरिरहेको थियो । बेला बेलामा हामीसँग कुरा गर्थिन्, कोही देख्यो कि आफ्नो चुनाव चिन्ह अंकित पर्चा देखाउँदै भोट माग्न पुगिहाल्थिन्। रबिनाले जुन उत्साहले भोट मागिरहेकी छन्, उनीभित्र भने उत्साहभन्दा पनि निराशाको राँको थियो।

Ncell
Extreme Energy

खासमा रबिना माओवादीकी पूर्वलडाकु हुन्। राज्यले जनतामाथि अन्याय गर्यो भनेर सशस्त्र संघर्ष गरिरहँदा १० वर्षको उमेरमै उनी माओवादीमा लागिन्, युद्ध लडिन्। सशस्त्र युद्धका क्रममा उनले बन्दुक बोकिन्, प्रेसर कुकरलाई बम बनाएर पड्काइन्। कपिलवस्तु– १ मा स्वतन्त्र उम्मेदवार बनेकी रबिनाले चुनाव चिन्ह पाएकी छन् प्रेसर कुकर ।

रबिना र प्रेसर कुकरबीचको संयोग पनि गज्जबको छ। पहिले राज्यले गरेको अन्यायविरुद्ध प्रेसर कुकर बोकिन्, अहिले पार्टीले गरेको अन्यायविरुद्ध प्रेसर कुकर नै बोक्दैछिन्।

बाल्यकालमै रबिनाले युद्ध लडिन्, परिवार त्यागिन् । अहिले उनीसँग न परिवार छ, न पार्टी । उनले युद्ध लडेको माओवादी अहिले माओवादी छैन, नेकपा भएको छ। पार्टी फेरियो, पार्टीका नेताहरुको मन पनि फेरियो।

नेकपाले पहिले रबिनालाई समानुपातिकतर्फ मुस्लिम महिला उम्मेदवारको सूचीमा पहिलो नम्बरमा राखेको थियो। तर, निर्वाचन आयोगमा सूची संशोधन गर्दा उनको नाम झिकिदियो, अरुलाई नै राखिदियो। २०५८ सालमा राज्यविरुद्ध विद्रोह गरेकी रबिनाले २०८२ सालमा पार्टीभित्रै विद्रोह गरिन्, स्वतन्त्र उम्मेदवारी दर्ता गराइन्।

पार्टीका लागि घरपरिवार त्यागेँ– रबिनाले सिधाकुरासँग भनिन्– अहिले त पार्टीले नै संघर्ष गरेका हामीजस्ता कार्यकर्तालाई त्याग्यो।

सिधाकुराले ‘विद्रोही’ रबिनासँग लामो कुरा गरेको छ। उनीसँगको विस्तृत कुराकानी सिधाकुराको युट्युब च्यानलमा हेर्न सक्नु हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...