नेभिगेशन
समाज

यो चुनाव एक थान सांसद चुन्ने मात्रै होइन, देश जोगाउने चुनाव होः राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल र नेपाली प्रथम भन्ने कुरालाई केन्द्रमा राखेर आफ्नो अमूल्य मत प्रयोग गर्न आग्रह गरेका छन् । 

बिहीबार काठमाडौं क्षेत्र नंवर २ थलीमा आयोजित पार्टीको चूनावी अभियानलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष लिङ्देनले अहिले एकथान सांसद चुन्ने र सरकार निर्माण गर्ने चूनाव मात्रै नभई देशलाई जोगाउदै अघि बढ्नुपर्ने भएकाले नेपाल र नेपाली प्रथम भन्ने कुरालाई केन्द्रमा राखेर आफ्नो अमूल्य मत प्रयोग गर्न मतदातालाई आग्रह गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले पटक पटक असफल भएका र कुनै दृष्टिकोण स्पष्ट नभएकालाई मत दिएर गल्ती गर्ने की देशमा शान्ति, स्थिरता र विकासका लागि लाग्नेहरुलाई मत दिने भन्ने बुझ्न समेत आग्रह गरे । अहिले देशमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नका लागि जनताले खोजिरहेको बिकल्प राप्रपा मात्रै भएको उनले बताए । 

Ncell
Extreme Energy

उनले नयाँ पुराना सबै शक्तिहरूलाई मिलाएर देशलाई केन्द्रमा राखेर मुलुकलाई अघि बढाइने जिकिर गरे ।  आगामी संसदमा एउटा बलियो शक्तिको रूपमा राप्रपाको उपस्थिति जरुरी रहेकाले देश बनाउने र बचाउने अभियानमा साथ दिन उहाले आह्वान समेत गरे । 

त्यस्तै काठमाडौं–२ की राप्रपा उम्मेदवार कुन्तीदेवी पोख्रेलले युवाहरुको बलिदानपछि मुलुकमा चूनाव हुन लागेको भन्दै युवाहरुको भविष्य निर्माणका लागि आफुहरु चूनावी मैदानमा उत्रिएको बताए । 

काठमाडौं–२ मा राप्रपाकी पोख्रेलका साथै नेकपा एमालेबाट मणिराम फुयाल, कांग्रेसबाट कविर शर्मा, नेकपाबाट नितेश पौडेल, रास्वपाबाट सुनिल केसी लगाएत चूनावी प्रतिष्पर्धामा छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा...