नेभिगेशन
समाज

रवि-बालेनले अन्तिम खुला सभामार्फत चितवनबाट माग्दैछन्  बहुमतकाे सरकार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज चितवनको भरतपुरमा आफ्नो अन्तिम चुनावी सभा गर्दैछ । "हामी आयाै" परिवर्तन उद् घाेष सभा नाम दिइएकाे कार्यक्रम भरतपुरकाे गेष्ट हाउस मैदानमा हुँदैछ । साेही सभाबाट रास्वपाले देशभरका सबै नेपालीसँग ५ वर्षे स्थिर सरकार सञ्चालनका लागि रास्वपालाई सुबिधाजनक बहुमत दिन आह्वान गर्नेछ । 

रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेकाअनुसार देशलाई विकासकाे नयाँ युगमा डाेहाेर्याउन सके दुईतिहाइ नसके कम्तीमा सुबिधाजनक बहुमत रास्वपाका लागि अावश्यक छ । साेही आह्वान रास्वपाले गर्दै आएकाेछ गर्नेछ ।  आजकाे रास्वपाकाे सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डा.स्वर्णिम वाग्ले,महामन्त्री कबिन्द्र बुर्लाकाेटी सहभागी हुनेछन् र उनीहरुले सम्बाेधन गर्नेछन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै, चितवन १ का प्रत्यक्षतर्फका उम्मेदवार हरी ढकाल,३ कि साेविता गाैतम र रास्वपा गण्डकी प्रदेशका सभापति राजन गाैतमले सम्बाेधन गर्नेछन् । रास्वपा केन्द्रीय सदस्य एवम् चितवनका नेता राजन गाैतमले स्वागत मन्तव्य  दिने सभामा रास्वपा समानुपातिक  उम्मेदवार एवम् कलाकार प्रकाश सपुतकाे विशेष प्रस्तुति रहने रास्वपा चितवनले जनाएको छ ।

Ncell
Extreme Energy

सभाकाे उद्घाेषण रास्वपा समानुपातिक उम्म्दवार प्रमाेद न्याैपानेले गर्नेछन् ।  चुनावी सभाकाे सम्पूर्ण तयारी सकिएकाे रास्वपा चितवन सभापति कृष्ण भुसालले सिधाकुरालाई बताए । भुसालकाअनुसार चुनावी सभा करिब दिनकाे १२ बजे सुरु भएर २ बजेसम्म चल्नेछ । 

रास्वपाकाे याे प्रदेशस्तरीय अन्तिम चुनावी सभा हाे । सातै प्रदेशमा एक एक सभा गर्ने पूर्वघाेषित कार्यक्रमअनुसार साे पार्टीले जनकपुरबाट ठूलो सभा सुरु गरेकाे थियो । त्यसपछि धनगढी,सुर्खेत र इटहरी पछि चितवनमा शुक्रबार पाँचौ सभा हुन लागेकाे रास्वपाकाे भनाई छ । पाेखरा र भैरहवाकाे सभा भने स्थगित भएको थियोे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।