नेभिगेशन
समाज

धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा आज साँझ दुई पक्षका युवाहरूबीच झडप भएको छ । विवादले उग्ररुप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । 

खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबीच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि पनि कुटपिट भएको र प्रहरी सहायक निरीक्षक डबल साउद घाइते  भएको उनले बताए । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयको गाडीमा समेत क्षति पु¥याएका छन् । 
 
दुई टोलका युवाबीच पुरानो रिसइवीको निहुँमा आज होली मनाउने क्रममा विवाद उत्पन्न भई उग्ररुप लिएको जनाइएको छ । झडपका क्रममा घाइते कालु राना थारुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन । मर्मत खर्च निकै महँगो भएकाले...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...
आगामी साताको अन्त्यमा यी स्थानमा भारी वर्षा र हिमपातको पूर्वानुमान

आगामी साताको अन्त्यमा यी स्थानमा भारी वर्षा र हिमपातको पूर्वानुमान

“साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना छ । ती प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी हिमपात...